धनुषा २ः नेपाली काँग्रेसको अधिवेशनमा लफडा, अधिवेशन नै नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार ब्याक

२०८३ असोज २० मंगलबार
बेलुकी ५:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्युरो, जनकपुरधाम । नेपाली काँग्रेस धनुषाको केन्द्रीय प्रतिनीधि चयनको लागि २६ जनालाई बायकट्ट गरी एकलौटी रुपमा प्रतिनीधि चयन गरेको आरोप लगाएको छ । 

धनुषा निर्वाचन क्षेत्र नं. २ बाट कुल ३३ जना प्रतिनीधि चयन भएर जानुपर्नेमा मात्र ७ जना प्रतिनीधि एकलौटी रुपमा चयन गरी पठाईएको आरोप काँग्रेसका एक युवा नेताले लगाए । 

क्षेत्रीय अधिवेशनबाट केन्द्रीय प्रतिनीधि चयनको प्रक्रियालाई ओभरटेक गरी रामकृष्ण यादव, मुक्ता यादव, दिनेश प्रसाद प्रसैला, जय प्रकाश ठाकुर, सुदेश चौधरी, नविन गोहिबार र सुमदे प्रसाद साहको नाम केन्द्रमा गएपछि नेपाली काँग्रेसका युवा नेताहरुले आपत्ति जनाएका थिए । 

क्षेत्र नं. २ मा पर्ने विभिन्न पालिकाका सभापति पदेन हुने व्यवस्था रहेकोमा बाँकीका पदाधिकारीलाई अधिवेशन नै नगरी केन्द्रीय प्रतिनीधिमा नाम चयन भएपछि क्षेत्रका काँग्रेसीहरुले विरोध जनाएको हो । 

सोही क्रममा दिनेश प्रसाद प्रसैला र नविन गोहिबारले अधिवेशन नभएको भन्दै अधिवेशन प्रतिनीधिबाट नाम फिर्ता लिएका छन् । उनीहरुले समाजिक सँजाल मार्फत आफ्नो नाम फिर्ता लिएको प्रष्टयाएका छन् । 

धनुषा २ मा सर्वसम्मत, चुनावी प्रक्रिया, सहमति वा कुनै प्रकारबाट अधिवेशन नगरी प्रतिनीधि छनौट नगरेको तथा एकलौटी गरी नाम पठाएको भन्दै उनीहरुले बहिष्कार गर्दै ब्याक भएका हुन् । 

रामकृष्ण यादव र मुक्ता यादवले एकलौटी रुपमा प्रतिनीधि चयन गरेको आरोप छ । 

 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी

  • २०८३ असोज २० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus