न्यूज ब्यूरो, नेपालगञ्ज । स्वतन्त्र मधेस गठबन्धनका नेता राम मनोहर यादवको न्यायको लागि एकपछि अर्को आन्दोलन तथा संघर्षका कार्यक्रमहरु निरन्तर गरिदै आएको छ ।
यसैक्रममा ८ दिनदेखि निरन्तर बाँके जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिँदै आएका डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका नेता तथा कार्यकर्ता एवम् पीडित परिवारले राज्यले आफूहरुको न्यायप्रति उदासिन भएको भन्दै अनिश्चितकालिन चक्काजामको चेतावनी दिएका हुन् ।
प्रहरी हिरासतमै मृत्यू भएका नेता राम मनोहर यादवको न्याय दिलाउनको लागि गठबन्धन सहित पीडित परिवार हप्तौदेखि संघर्ष गर्दे आएका छन् ।
राम मनोहरको न्यायको लागि सरकारले गम्भिरता नदेखाएको भन्दै शुक्रबार एक दिनको लागि चक्काजाम गरेर ध्यानाकर्षण गराउने तथा त्यसपश्चात पनि ध्यान दिएनन भने अनिश्चितकालिन चक्काजाम गर्ने पीडित परिवारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
- २०७५ असोज १८ बिहीबार




