न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका कमला नगरपालिकाको एक स्वास्थ्य चौकीमै लौण्डा डान्स गराएको छ ।
तराई मधेशमा मधेशी समुदायले मनाउने जीतिया व्रतको अवसरमा कमला नगरपालिका वडा नं. ५ स्थित रहेको स्वास्थ्य चौकी भवनमै मेला लगाएर डान्स गराएका हुन् । डान्स भने अस्पतालको पहिलो तल्लामा जोखिमपूर्ण रुपले नचाएका हुन् ।
३६ घण्टे निराहार व्रत मानिने तथा मधेशी महिलाहरुको लागि निष्ठाको व्रत (पावनी) मानिने जितियाको उपलक्ष्यमा लगाइएको जितमुवाहन मेलाको क्रममा लौण्डा नाच अस्पतालमै गराएका हुन् । स्थानीयका अनुसार, स्टेज नबनाएर अस्पतालकै तल्ला (फस्ट फ्लोर) मा नाच कार्यक्रम गरिएको हो ।
कोरोनाको महामारीमा पनि अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा अस्पतालकै भवनमा नाच कार्यक्रम गराउन वडा नं. ५ का वडाध्यक्ष शिवा पासवानले नै अनुमति दिएको नाम नखोल्ने शर्तमा एक जनाले बताए ।
स्थानीय एक जनाले भने,–“यो त अति भयो, शक्ति र सत्ताको दुरुपयोग यो भन्दा बढी कहाँ हेर्न पाईन्छ र ? जे मन लाग्यो त्यही गर्ने अवसर पाएको छ केही जनाले ? कमसे कम स्टेज बनाएर गराउँदा हुन्थयो तर अस्पतालकै भवनमा, त्यो पनि त्यत्रो माथि ? कुनै अप्रिय घटना हुन सक्थ्यो, तर गर्ने के ? यस्तै हो ।”
सार्वजनिक सम्पति र अति संवेदनशिल क्षेत्रमा यस्तो कार्यक्रमहरु गर्नु अनुचित भएको बताइएको छ । सो सन्दर्भमा वडाध्यक्ष शिवा पासवानसँग भने सम्पर्क हुन सकेनन् ।
सोही क्रममा कमला नगरपालिकाकै वडा नं. ६ मडानमा पनि जितियाको अवसरमा मेला आयोजना गरिएको छ । स्थानीय प्रशासनले कोरोनाको महामारीलाई मध्यनजर गर्दै मेला तथा भीडभाड नगर्न भनेपछि त्यसको खिल्ली उडाइएको छ ।
मेलामा आयोजना गरिएको नाच कार्यक्रम हेर्न पनि सयौंको भीड लागेको देखिएको छ ।
(लौण्डाः गाउँघरमा कुनै नाच पार्टीका प्रतिनीधिहरुले रेकर्डिँग गीतमा महिलाको पोशाक लगाएर गर्ने नृत्य | कलालाई सम्मान सहित)
जनता मावि गिद्धाबेलापट्टिमा हजार बढी विद्यार्थी फर्जी, नक्कली सँख्या देखाएर मण्डल र यादवले गरे लाखौँ रुपैयाँ झ्वाम्म
- २०७७ भदौ २६ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. ६ तिनकोरिया (गिद्धाबेलापट्टि) स्थित रहेको जनता माविमा हजार बढी विद्यार्थी फर्जी रहेको पाईएको छ । वि.सं. २०८१ को ईमिस रेकर्ड चेकजाँचको
पूरा पढ्नुहोस्







