न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीको जनकपुरधाम उपमहानगर सभापतिमा ललन कुमार नायक निर्वाचित भएका छन् । आईबार सम्पन्न अधिवेशनबाट निर्वाचन प्रक्रिया मार्फत उनी निर्वाचित भएका हुन् ।
जनकपुरधाम उपमहानगरपालिकाको नगरसभापतिको लागि जीतेन्द्र महासेठ र ललन कुमार नायक प्रत्यासी थिए । दुई उम्मेदवारले आ आफ्नो अडान राखेपछि निर्वाचन प्रक्रियामा गएको थियो ।
कुल १७६ मत खसेकोमा ललन कुमार नायकले १०५ मत ल्याए भने महासेठले ७१ मत प्राप्त गरेका हुन् । धनुषा निर्वाचन क्षेत्र नं. ३ का निर्वाचित प्रतिनीधिसभा सदस्य मनिष झाका निकट पात्र रहेका महासेठले समेत सभापतिका लागि अडान राख्दै आएका थिए ।
रास्वपाको प्रथम नगर अधिवेशनबाट ललन कुमार नायक चयन भएका हुन् । उनलाई उनका समर्थकहरुले विभिन्न माध्यमबाट बधाई दिन थालेका छन् ।
बच्चा खेलाउँदै बाँदर
- २०८३ जेठ २४ आइतबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्


