न्यूज ब्यूरो, जनकपुरधाम । टिकटकमा नाच्दै आएकी वीरगँजकी सोमिया पोखरेल बिहारी सिने जगतका अभिनेता खेसारी लाल यादवसँगको म्यूजिक भिडियोमा देखिएकी छन् ।
रौतहटको मौलापुरको कार्यक्रममा खेसारी लाल यादव आउँदा त्यसको दुई दिन अघि नै खेसारी लाल यादवको टयाटु हातमा बनाएर चर्चामा आएकी सोमिया पोखरेले खेसारीलाल यादवसँग म्यूजिक भिडियोमा देखिएकी हुन् ।
मौलापुरमा खेसारी लाल यादवको टयाटु देखाउँदै आफू सबभन्दा ठुलो फ्यान भएको बताउँदै उनले खेसारीलाल यादवलाई प्रभावमा पारेकी थिइन् । सोही समयमा खेसारीलाले आफूसँग काम गर्ने अवसर दिने घोषणा गरेका थिए ।
खेसारी लाल यादव र सोमिया पोखरेलको “हरदी लागे जानके” बोलको गीत यतिबेला युटुब प्लेटफर्ममा चर्चामा आएको छ । करिब ५ घण्टाको अन्तरालमै करिब १० लाख पटक हेरिएपछि ट्रेन्डिङगमा गएको छ ।
एक भारतीय सँचारमाध्यममा पत्रकार राहुल यादवले लेखेको समाचारमा सुटिँगको समयमा सोमिया पोखरेल रियलमा रोएको उल्लेख गरेका छन् ।
टिकटकमा नाटक गर्न माहिर मानिने सोमिया पोखरेल अवसरको लागि जस्तोसुकै नौटँकी गर्न सक्ने टिकाटिप्पणीहरु विगतदेखि नै गरिदै आएको छ ।
खेसारी लाल यादवको आफ्नै स्वरमा बनाइएको सो गीत अहिले युटुबको २३ नम्बर ट्रेन्डिङगमा रहेको छ ।
सोमिया पोखरेलले आफ्नो हातमै खेसारीलाल यादवको टयाटु घोपाएपछि बाध्य भएका खेसारी लाल यादवले उनलाई म्युजिक भिडियोमा अभिनय दिएको हो ।
टिकटक सहित समाजिक सँजालमा आफ्नो श्रीमानको सट्टा खेसारी लाल यादवको टयाटु लगाएको भन्दै हाम्रो सँस्कार रितिरिवाजमा यसलाई गलत अर्थ लगाउने गरिएको छ ।
भिडियो
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०७९ बैशाख १३ मंगलबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्




