Close This

प्रहरीले माग्यो ४४३ जना असई

२०७९ असार १९ आइतबार
बिहान ०८:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ ।

आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४४३ जना असई र दुई हजार ४७४ जना प्रहरी जवान माग गरेको हो ।

२०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३६७ जना असई माग भएपनि ७६ जना थप गरी कुल जम्मा ४४३ जना असई माग गरेको जनाएको छ ।

यता २०७८ मंङ्सिर १० गते विज्ञापन प्रकाशन गरी एक हजार ९७१ जना प्रहरी जवान माग गरेको थियो यसमा ५०३ जना थप गरी कुल जम्मा दुई हजार ४७४ जना प्रहरी जवान माग गरेको छ । 

माग गरिएका मध्ये असईमा ४० जना र जवानमा २१९ जना महिला रहेका छन् । 

  • 17%
  • 0%
  • 8%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७९ असार १९ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus