न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशको रौतहटस्थित आफ्नो घरमा आगो सल्काउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रहम्पुरी टोलस्थित बस्ने स्थानीय ४५ बर्षिय नितेश सिँहले आफ्नो घरमा आगो फुँकेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । अत्यधिक दारु खाएर उनले आफ्नै घरमा आगो लगाएको रौतहट प्रहरीकी डिएसपी एलिजा गिरीले बताईन् ।
मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा र फुसको छानो भएको घरमा आगो लगाएकोमा स्थानीय र प्रहरी टोलीले तत्कालै आगो निभाएको थियो ।
आगो तत्काल नियन्त्रणमा नआएको भए वरपरका अन्य घर समेत जलेर ठूलो जनधनको क्षति हुन सक्ने प्रबल सम्भावना देखा परेको हुँदा आगो लगाउने नितेश सिंहलाई निजकै घरबाट पक्राउ गरी “आपराधिक उपद्रो” शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा दलित युवकलाई कुटदाकुटदै मारे, चार जनामाथि मुद्दा
- २०८१ बैशाख २७ बिहीबार
न्यूज ब्यूरो, रौतहट । रौतहटको कटहरिया नगरपालिका–४ स्थित बहादुरपुरमा मोबाइल चोरी गरेको झुटा आरोपमा निर्ममतापूर्वक कुटिएका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएपछि कुटपिटमा
पूरा पढ्नुहोस्




