जेन जी आन्दोलनमा किन बनाइए सुरक्षा निकाय निसाना ?

२०८२ असोज ४ शनिबार
बिहान ०८:५९ बजे
न्यूज ब्यूरो, डेस्क

 कुनै देशलाई चलायमान राख्न सुरक्षा निकायको अहम भूमिका हुन्छ । देशमा शांति स्थापित गरेर राख्न,नियम र कानूनको पालना गराउन तथा गलत गर्ने लाई कठघरा सम्म उभ्याउन सुरक्षानिकायको अहम जिम्मेवारी हुन्छ । सोही भएर अपराध नियंत्रण देखी समाज र देशको बिभिन्न क्षेत्रमा सुरक्षा गर्न प्रहरी  अपरिहार्य छ । 

कर्तव्य पालनकै अवस्थामा गत भदौ २३ गतेदेखि सृजित अवस्थामा तीन सुरक्षाकर्मीले ज्यान गुमाएका छन । अझै  नेपाल प्रहरी र शसस्त्र प्रहरीका  ६१० सुरक्षाकर्मी घाईते भएका छन । घाईते मध्ये ६९ जना अस्पतालमै उपचाररत छन । आन्दोलनले सुरक्षाकर्मीको ज्यान जानु र घाईतेमात्र नभई प्रहरी कार्यालय र सवारी साधन समेत निसाना बने । देशैभर प्रहरीका ८२ कार्यालयमा पुर्ण तोडफोड र आगजनी गरिएको छ भने १२४ कार्यालय तथा पोष्टहरुमा आंसिक क्षति पुगेको छ । यता १९ हेवी गाडी,८० लाईट गाडी र १३७ मोटरसाईकल आन्दोलनमा जलाइए । आन्दोलनकै क्रममा उनीहरुको हतियार र बर्दी समेत लुटिए । धेरै ठाउँबाट सुरक्षाकर्मीहरु ज्यान जोगाउन नै भाग्नु पर्यो । सुरक्षाकर्मीको ज्यान धेरै स्थानमा असुरक्षित हुदा देशमा विधिको शाषण नै केहि समय बन्धकी परेको आभाष भयो । देश र जनताको लागि खटिदा सम्मान पाउनु पर्ने स्थानमा अपमानित हुन पुगे । उनीहरुको युनिफर्म समेत आन्दोलनकारीहरुले जलाए,लगाए र युनिफर्मकै गरिमामाथि प्रहार गरे । 

अहिले देशैभर प्रहरी पुनः आफ्नो पोष्ट तथा कार्यालयमा फर्केर जलेकै र तोडफोड भएका कार्यालयहरु सरसफाइ गरि पुनः उठ्न प्रयास गर्दैैैछन । सिंगो संगठनकै कम्मर टुटेको अवस्थामा पुनः उठ्नु भने सामान्य कुरा होईन तथापी उनीहरु देश र जनताप्रतिको जवाफदेहिता पुरा गर्न तल्लिन छन । 

किन आयो यस्तो अवस्था ?
जनपद प्रहरी,शसस्त्र प्रहरी तथा ट्राफिक प्रहरी देशलाई नभई नहुने सुरक्षा युनिट हो । सामान्य झैझगडा देखि जघन्य प्रकृतिको अपराधमा समेत प्रहरी चाहिन्छ भने देशमा ट्राफिक व्यवस्था सन्तुलित बनाएर राख्न समेत उनीहरुको त्यतीकै महत्व छ । सुरक्षानिकायसंग यति धेरै रिस किन ? भन्ने प्रश्न उठ्न सक्ला । 

निश्चय पनि युवाको नाममा भएको आन्दोलनमा विभिन्न दल तथा व्यक्तिले आफ्नो स्वार्थ साध्न विभिन्न ठाउमा विभिन्न स्वार्थ अनुसारको उनीहरुले घुसपैठ गरेको चर्चाको विषय छ । यस्तो अवस्थामा घुसपैठले सार्वजनिक सम्पतीको क्षति रोक्न सुरक्षाकर्मी अपरिहार्य थियो तर माथिबाट पर्याप्त र आवश्यक्ता अनुसारको निर्देशन नआउदा सुरक्षाकर्मीले जिम्मेवारी पुरा गरेनन भन्ने चर्चा समेत चलेकै हो । अर्को भिड अनुसारको सुरक्षानिकायले तयारी नगर्दा र पहिलो दिनकै आन्दोलनमा आवश्यक्ता भन्दा निक्कै धेरै बल प्रयोग गर्दा सोहि दिन १९ जना युवाको मृत्युले आन्दोलन उग्र बनेको बुझाई छ । जुनसुकै अवस्थामा भिडलाई नियन्त्रण गर्न सक्ने सुरक्षानिकायलाई तालिम दिइएको हुन्छ तर सोहि तालिमको सदुपयोग भएको देखिएन । अझै युवाहरुको टाउको र छातीमै गोली प्रहार गरेर सुरक्षा निकायले भिडलाई उग्र बनाएको देखिन्छ । 

काठमाण्डौमा युवाहरु सडकमा आएपछि विकसित भएको अबस्था र त्यस अबस्थामा प्रहरीको भूमिका बर्तमान अबस्थाको जड़ो भएको समेत बताईन्छ । प्रोटेस्ट(प्रदर्शन)मा यति धेरै युवा आउछन भन्ने आंकलन सुरक्षा संयन्त्र बाट संभवत हुन सकेन । यसमा निश्चय पनि नेपालको इंटेलिजेंस एजेंसी चुकेको हुनु पर्छ वा उनीहरुले दिएको इन्फोरमेशनको वेवास्ता गरिएको हुनुपर्छ ।  

लामो समय देखी वर्तमान राजनीतिक चरित्र र बढ्दो अनियमितता तथा सरकारले बल्जफती लगाउन खोजेको सामाजिक संजाल लगायतको प्रतिबंधले युवाहरु आक्रोशमै थिए जसलाई पहिलो दिनको आन्दोलनमा चलेको गोलीले बल दिएको देखिन्छ । 

यही आक्रोशले सरकारलाई देखाईदिने वा झुकाई दिने सम्मको निर्णयमा पुगेको दिशा र निर्देशन बिहीन वा वास्तविक आन्दोलनकारी वाहेकका परिचालित युवाहरुको केहि समूह संसद भवन तर्फ गएको आकंलन छ । उनीहरुलाई उता जान निर्देशित गर्ने वा बहकाउने घुसपैठिया समेत हुन सक्ने कुरा नकार्न सकिन्न । तर जो वास्तविक प्रोटेस्टर थिए उनले आफ्नो कार्यक्रम सकिसकेको र सबैलाई फर्किन सूचना जारी गरेको कुरा समेत आएको छ । 

संसद भवन तर्फ लम्केको भीड़ अत्यधिक भएपछि बिल्कुलै तयारी अबस्थामा नरहेको वा माथि बाट दमन को निर्देशन पाएको सुरक्षाकर्मीले अन्धाधुन्द गोली चलाएको आम बुझाई छ । भिडले प्रतिबंधित गरिएको देशको सर्वोच्च स्थलमा जानी जानी प्रहरीलाई ढुङ्गा हानेर र भित्र प्रवेश गर्न खोजेर उनीहरुलाई एक्शनमा आउन बाध्य पारेको हुन सक्छ । तर बाध्य पारेर वा माथि को निर्देशन भएपनि प्रहरीले दंगा नियंत्रणको सामान्य सिद्धान्त समेत पालना नगरेको पक्कै हो ।

प्रहरी डराए वा निर्देशित थिए त्यो छानविनले टुंग्याउला । तर गोली नै चलाउनुको विकल्प उनीहरुले रोजेनन । वरु आन्दोलनकारीमाथि वर्वर दमन गरिरहे । 

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक तथा सुचना तथा संचारमन्त्री पृथ्वी सुव्वा गुरुंग तिनैजनाले सुरक्षा निकाय प्रमुखहरुलाई दवावमा राखेर आन्दोलन जुनसुकै अवस्थामा नियन्त्रणमा लिन निर्देशित गरेको हुनु पर्ने एकथरीको धारना छ । यसवारे समेत छानविनले नै प्रष्ट हुनेछ । तर भएको घटनाको जिम्मेवारी तिनैले लिनुपर्ने हुन्छ । दमनले आन्दोलन शान्त नभई अझै भडकिने भएकोले भदौ २३ गते प्रहरीको दमन गरेकै हुन भन्नेमा दुईमत नहोला । जिम्मेवार सुरक्षानिकाय वा उनलाई निर्देशन दिने मन्त्री वा प्रधानमन्त्री जोसुकै भएपनि आफ्नो हक र अधिकारको लागि आवाज उठाउनेको ज्यान नै लिने कार्यलाई अपराध सरह मानेर सम्बन्धित सुरक्षाकर्मी,मन्त्री र प्रधानमन्त्री समेतलाई कठघरामा उभ्याउन सक्नु पर्ने हुन्छ । 

आन्दोलनकै अवस्था बाहेक सामान्य समयमा सुरक्षानिकायका विभिन्न पदका व्यक्तिहरुले गर्ने गरेको अनियमितता पनि उनीहरु प्रतिको आक्रोसको एक कारण हुन सक्छ । सिमानाकामा हुने गरेको तस्करी,विभिन्न मुद्दामा आर्थिक लेनदेन र ट्राफिकको चिट काट्ने नाममा हुने गरेको आर्थिक चलखेल, सर्वसाधारणमाथि अनाहक दुर्ववहार लगायतले समेत सुरक्षानिकायमाथि प्रश्न उठाइरहेको बेला सवैको प्रतिशोध लिने अवस्था सोहि आन्दोलन भएको देखिन्छ । 

सवै सुरक्षाकर्मी खराव नै नभएर असल समेत धेरै भएपनि वर्दीकै आडमा हुने गरेको विभिन्न ज्यादतीको बदला समेत यहि आन्दोलनमा लिएको देखिन्छ । 

समय समयमा विभिन्न भिडियो तथा समाचारहरु सुरक्षा निकाय ईंगित अनियमिततावारे प्रमाण दिईरहदा समेत पावर र पहुचकै आधारमा त्यसता हर्कत गर्ने सुरक्षानिकायका कारिन्दाहरु कार्यवाहीबाट बच्ने गरेकोले समेत युवा कार्यवाहीमा प्रहरी प्रति केहिले सहानुभुति नदेखाएको हो कि भन्ने एक थरीको बुझाई भएपनि जुनसुकै अवस्थामा क्षति र अपमानलाई वढावा दिन सकिन्न । 

तर हामीले यति भनिरहदा सरकार र सुरक्षानिकायमात्र दोषी भएको भाष्य पनि गलत हुन्छ । घुस लिने जति जिम्मेवार हुन्छन घुस दिने पनि त्यती नै जिम्मेवार हुनु पर्छ । 

सुरक्षानिकाय हामीलाई नभई नहुने सुरक्षाअंग हो । संगठन भित्र समेत सुधारको आवश्यक्तालाई सरकारले गम्भिरता पुर्वक लिनु पर्ने हुन्छ । सुरक्षानिकायलाई कुनै नेतालाई नमस्कार गरेर प्रमोशन पाउने निकायको रुपमा नभई उसको काम,कर्तव्य र जिम्मेवारीको आधारमा प्रमोशन दिने अवस्था ल्याउन सक्नु पर्दछ । वर्दी धारकले वर्दी पाईसकेपछि त्यसको सम्मान गर्दै वर्दीले दिएको अधिकार र जिम्मेवारी कर्तव्यनिष्ठ भएर निभाउन सक्नु पर्दछ । 

आम नागरिकले समेत सुरक्षाकर्मी हाम्रै सुरक्षाको लागि हुन भनेर बुझ्नु पर्दछ । अहिले केहि दिनमात्र प्रहरी सडकमा नहुदा हामीले धेरै अपराध र घटनाको सामना गर्नु पर्दा हामीले खोजेको त्यही सुरक्षाकर्मी हुन । तर उग्र भएर तिनै सुरक्षाकर्मीको वर्दी लगाइदिनु र उनीहरुलाई अपमानित गर्नु अशोभनिय छ । 

तर यति भनिरहदा जेन जी आन्दोलनमा सुरक्षाकर्मीको तर्फबाट जुनसुकै वहाना र अवस्थामा भएको दमन स्विकार्न भने सकिदैन ।  आन्दोलनको क्रममा आन्दोलनकारीमाथि गोली चलाउने घटनाको छानविन गरि दोषी सुरक्षाकर्मी र उनलाई दमन गर्न निर्देशन दिने पुर्वप्रधानमन्त्री,गृहमन्त्री र संचारमन्त्री लगायतलाई समेत कानुनी कठघरामा उभ्याउन सक्नु पर्छ ।


रञ्जन भण्डारी

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८२ असोज ४ शनिबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus