न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको जानकी महिला जागरण समाजले धनुषा जनकनन्दिनी गाउँपालिकाको ५० जना युवायुवतिलाई स्वरोजगारीको खुसी ल्याईदिएको छ ।
प्लान इन्टरनेश्नल नेपाल नामक सँस्थाको आर्थिक सहयोगमा पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकामा सँचालित दक्ष युवा परियोजना अन्तर्गत २२ जना युवक र २८ जना युवति महिलालाई स्वरोजगार बनाउन सफल भएको हो ।
सन् २०२३ को मार्चदेखि सँचालनमा रहेको दक्ष युवा परियोजना २०२५ को सेप्टेम्बर महिनासम्म सँचालन भएको थियो । दुई बर्ष ७ महिना (अढाई महिना) मा दक्ष युवा परियोजनाले जनकनन्दिनी गाउँपालिकाको विभिन्न वडाबाट सहभागीहरु चयन गरिएको थियो । जसमा २२ जना पुरुष र २८ जना महिललाई सहभागीता गराएको थियो । नियमित रुपमा तालिम, गोष्ठी, निगरानी, कार्य सम्पादनको माध्यमले ५० जनालाई स्वगरोजगार बनाउन सफल भएको हो । परियोजना २०२५ को डिसेम्बरसम्म चल्ने जनाइएको छ ।
जानकी महिला जागरण समाजले सो परियोजना कार्यन्वयन गरी सफल भएपछि बुधबार जनकनन्दिनी गाउँपालिकाकी उपाध्यक्ष कमला सहगल समक्ष प्रतिवेदन बुझाउँदै समापनको घोषणा गरिएको थियो ।
युवाहरू विशेष गरी युवती महिलाहरूले आफ्नो योग्यता अनुसारको मर्यादित काम, पेशा वा स्वरोजगारका अवसरहरूका लागि आफ्नो सीप र दक्षता निर्माण र विकास गर्ने लक्ष्यसहित परियोजना सँचालन भएको थियो । युवाहरू विशेष गरी युवती महिलाहरूको लैङ्गिकउत्तरदायी, सभ्य र मर्यादित कार्यस्थल र प्रशिक्षण केन्द्रहरुमा पहुँच बढाउन सफल भएको हो ।
यस परियोजनाको लागि १८ देखि २४ बर्षभित्रका उमेर समूहका सहभागीहरुलाई छनौट गरिएको थियो । उनीहरुलाई लघु उद्यम तालिम, व्यवसायिक एवम् सीप तालिम, स्वरोजगारी तालिम, स्वरोजगारी रोज्नेलाई स्टार्टअप सहयोग, वित्तिय साक्षरता सम्बन्धी तालिम, जीवनउपयोगी तालिम, बचत सम्बन्धी तालिम, सिप तालिम लिनेहरुलाई रोजगारीको सुविधा दिएर ५० जनालाई स्वरोजगार बनाएको हो ।
सो अवधिमा महिलाहरुलाई ब्यूटिपार्लर तालिम, सिलाईकटाई तालिम, लेखापाल सम्बन्धी तालिम, कम्यूटर तालिम प्रदान गरिएको थियो । उनीहरु अहिले सबै जना स्वरोजगार छन् । यस्तै, पुरुषहरुको लागि इलेक्ट्रीसियन तालिम, हेपी इक्यूपमेन्ट अपरेटर तालिम, लाईट ड्राईभर तालिम, यार्न मेसिन मेकानिक तालिम २६ जनालाई प्रदान गरिएको थियो ।
दक्ष युवा परियोजनाले परियोजना अन्तर्गत योजना गरेका मुख्य कृयाकलापहरु तथा सीप तालिम सञ्चालन र व्यवसाय सहयोगका कार्यलाई यस परियोजनाको मितिसम्म समापन गरिएको हो । अब यस परियोजना अन्तर्गत सीप तालिम लिएका र रोजगारीमा जान बाँकी युवा सहभागीहरुलाई रोजगारी लगाउने कार्य र व्ययवसाय प्राप्त गरेका सहभागीहरुको नियमित मासिक आम्दानी ट्रयाक गर्ने र उहाँहरुको व्ययवसायको विस्तारमा सहयोगा गर्ने कार्यहरु बाँकी रहेको जानकी महिला जागरण समाजले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८२ कार्तिक २७ बुधबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्


.jpeg)

