सरकारको कसरत

आज नयाँ सरकार बनाउन दाबी पेस गर्दै दलहरू, सात दल आन्तरिक कचौलीमा

२०८२ मङ्सिर २० शुक्रबार
बिहान ०८:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आज शुक्रबार साँझ ५ बजेसम्म दाबी पेस गर्ने समय सीमा तोकिएको छ। समय नजिकिँदै जाँदा एमाले बाहेकका सात राजनीतिक दल आ–आफ्ना दाबी बलियो बनाउन आन्तरिक छलफलमै डुबेका छन्।

सर्वोच्च अदालतको आदेशपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) बमोजिम बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेका हुन्। यसअघि धारा १६८(३) अनुसार गठन भएको सरोजकुमार यादव नेतृत्वको एमाले सरकारले १७ मंसिरमा राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो।

यादवको शपथदेखि राजीनामासम्म विवादमै सरकार

गत २४ कात्तिकमा बर्दिबासस्थित पानस होटेलमा मुख्यमन्त्री शपथ लिँदै विवादमा तानिएका यादवलाई सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। तर मत लिन नसक्ने निश्चित भएपछि उनले राजीनामा दिए र त्यसै दिन प्रदेश प्रमुखले नयाँ दाबी मागे।

सात दलको आठ घण्टे म्याराथन बैठक

नयाँ सरकार बनाउने अभियानमा एमाले बाहेकका सात दल (कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी) ले विहीबार मात्र आठ घण्टा लामो म्याराथन छलफल गरेका थिए। दलहरूबीच सत्ता समीकरणबारे विस्तृत कुराकानी भए पनि अन्तिम निर्णय भने सार्वजनिक गरिएको छैन।

जसपा संसदीय दलका नेता सरोजकुमार यादवले सात दलबीच सहमति भइसकेको दाबी गर्दै शुक्रबार दिउँसो २ बजे नै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिने बताएका थिए। उनका अनुसार सात दलकै भावना अनुसार सरकार बन्ने र मुख्यमन्त्रीसँगै सबै मन्त्रीहरूले एकैपटक शपथ लिने तयारी छ।

तर बैठकमा सहभागी अर्का एक सांसदले भने शुक्रबार फेरि छलफल बसेर मुख्यमन्त्रीको नाम टुंगो लगाउने सहमति भएको जानकारी दिए।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सबैला नगरपालिकाले किने किसानको लागि तिनवटा आधुनिक मेसिन

  • २०८२ मङ्सिर २० शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  सबैला नगरपालिकाले प्रविधिमैत्री कृषि प्रवर्धन गर्दै तीनवटा आधुनिक कृषि यन्त्र खरिद, किसानलाई छिटै सुलभ दरमा उपलब्ध गराइने धनुषाको सबैला नगरपालिकाले कृषिमा प्रविधिको प्रयोग बढाउँदै तीनवटा अत्याधुनिक कृषि

पूरा पढ्नुहोस्

Bureau Menus