गायक सन्नु कुमार खँगमाथि महिला कलाकारको श्रम शोषण गरेको आरोप 

२०८२ मङ्सिर १५ आइतबार
बेलुकी ५:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्युज ब्यूरो, जनकपुरधाम । सप्तरी राजविराजका गायक सन्नु कुमार खँगमाथि महिला कलाकारको श्रम शोषण गरेको आरोप लगाइएको छ । 

गायक खँगसँग काम गरेकी एक महिला कलाकारले काम गराएर सम्झौता बमोजिम भएको पारिश्रमिक नदिएको आरोप लगाएकी छन् । जनकपुर घर भएकी महिला कलाकारले रकमको लागि पटक पटक माग गरेपनि श्रम शोषण गरेको आरोप लगाएकी छन् । 

राजविराजस्थित सँचालनमा रहेको किँग्स स्टुडियोबाट निर्माण गरिएको एक प्रोजेक्टको क्रममा जनकपुरबाट दुई प्रोजेक्टको लागि सहमतिमा १५ हजार रुपैयाँमा काम गरिदिने भनिएपनि काम सकिएपछि अहिलेसम्म पारिश्रमिक नदिएको आरोप ती महिला कलाकारले नाम नखोल्ने शर्तमा बताइन् । 

“म काठमान्डौँमा थिए, फोन सम्पर्क मार्फत सन्नु कुमार खँगले भिडियो प्रोजेक्टमा अभियनको लागि प्रस्ताव राख्नुभयो । फोनै १५ हजारभन्दा कममा गर्न नसकिने भनेर सहमति भयो । म प्लेन चढेर झापाको भद्रपुर ओर्ले, त्यहाँबाट उनले लिएर ईलामको विभिन्न स्थानमा भिडियो सुट गरे । सुट सकिएपछि मैले आफ्नो पैसा मागे तर, उनले मेरो काम गरेको पैसा दिएनन् ।”– उनले भनिन् । 

अभिनेत्री समेत रहेकी ती महिला कलाकारले आफूलाई फिर्ता हुनको लागि समेत टिकट नकाटिदिएपछि आफैँले टिकट काटेर पुनः काठमान्डौँ फिर्ता भएको दाबी गरिन् । उनले सन्नु कुमारसँग कैयौँ पटक कामको पारिश्रमिक मागेपनि दिन आलटाल गर्दै उनका व्यवस्थापक समेत रहेका कौशल झा नामक व्यक्तिसँग सम्पर्क गराइदिएको बताइन् । 

उनले कौशल झासँग समेत पटक पटक आफ्नो काम वापतको रकम मागेपनि उनले रकम नदिएको आरोप लगाइन् । काठमान्डौँ पुगेपछि अनलाइन (बैँकिँग) मार्फत नै पारिश्रमिक पठाइदिने भनेपनि अहिलेसम्म पारिश्रमिक नदिएको गुनासो पोखिन् । धैरे पटक मागेपछि खँगका व्यवस्थापक झाले पारिश्रमिक दिन नसक्ने बताएपछि आफू हैरान भएर माग्न छोडेको बताइन् । “पारिश्रमिक दिएपछि आफूहरुबीच रकमको लागि मनमुटाव हुने र कलाकारहरुबीचको सम्बन्ध किन बिगार्ने भनेपछि मैले पारिश्रमिकको आस मेटाए । उनीहरुसँग सम्पर्क नै तोडन् बाध्य भए ।– उनले भनिन् । 

उनले गायक खँगले भिडियो प्रोजेक्टमा काम गराएर पारिश्रमिक दिने बेलामा आलटाल गरि श्रम शोषण गरेको बताईन् । 

यस सन्दर्भमा गायक खँगको मोबाईल नम्बर ९८१७७५***४ मा सम्पर्क गर्दा फोन उठाएनन् भने कौशल झाको मोबाइल नम्बर ९८११००***७ मा सम्पर्क गर्दा उनले कुरा गर्न चाहेनन् । उनले अरुलाई मोबाईल दिएर व्यस्तताको बहाना बनाएका थिए । 

महिला कलाकारले लगाएको आरोप, दिएको बयान र गायक सन्नुकुमार खँग, कौशल झाको मोबाईलमा गरिएको  सम्पर्कको सबै प्रमाण सुरिक्षत छ । 

 

  • 0%
  • 61%
  • 0%
  • 8%
  • 9%
  • 21%

बारा कलैयाको यातायात अफिसमा हाकिम र खरिदारबीच कुटाकुट 

  • २०८२ मङ्सिर १५ आइतबार

न्यूज ब्यूरो, बारा ।  बाराको कलैयास्थित यातायात कार्यालयमै कार्यालय प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबिच कुटाकुट भएको छ। बुधबार साँझ साढे पाँच बजेतिर कार्यालयमै दुवै जनाबिच कुटाकुट भएको हो। कुटाकुटबाट खरिदर

पूरा पढ्नुहोस्

Bureau Menus