रोशनी झा प्रकरणः ससुरा पक्ष भन्छन-'मुद्दा दर्ता भयो, प्रहरी अनुसन्धान गर्छ', परिवारको सबैलाई पक्राउ गर्न माईत पक्षको माग 

२०८२ मङ्सिर १७ मंगलबार
दिउसो ३:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा अहिले चर्चामा रहेको रोशनी झा मृत्यू प्रकरणमा प्रहरीले मुद्दा दर्ता गरेपनि माईती पक्षले आन्दोलन जारी राखेका छन् । मृतक रोशनी झाकी माईत पक्षले उनका श्रीमानलाई पक्राउ गरेकोमा अन्य सदस्यहरुलाई समेत पक्राउ गर्न माग गरेका छन् । 

गत विहिबार राती जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ कटैयाचौरीस्थित आफ्नै निवासमा २७ वर्षीया रोशनी झाको रहस्यमय मृत्युपछि परिवारजनले हत्याको आरोप लगाउँदै आएका छन् ।  माइती पक्षले हत्या भएको आरोप लगाएपछि प्रहरी प्रशासन सक्रिय बन्दै रोशनीका ससुरा रुद्रनारायण मिश्रलाई पक्राउ गरेका थिए । प्रहरीले उनी त्यतिबेला घरमा नभएको बेला घटना भएको बुझेपछि रिहा गरेको छ । उनका श्रीमान् प्रशान्त मिश्रलाई नियन्त्रणमा लिएको हो।

माईत पक्षबाट मृतक रोशनीका मामा पँकज झाले श्रीमानलाई मात्र पक्राउ गरी प्रहरीले अन्यलाई बचाउन खोजेको आरोप लगाएका छन् । उनले बाँकीका घर सदस्यहरुलाई समेत पक्राउ गर्नुपर्ने माग र दबाब दिँदै आएका छन् । 

रोशनी भर्‍याङबाट लडेपछि गम्भीर घाइते भएको र उपचारका क्रममा गोदावरी अस्पतालमा मृत्यु भएको दाबी ससुराली पक्षले गर्दै आएको छ।
तर, माइतीपक्षले यो घटनालाई योजनाबद्ध हत्या ठहर गर्दै रोशनीका श्रीमान प्रशान्त मिश्र, ससुरा रुद्रनारायणसहित अन्य परिवारका सदस्यहरू संलग्न रहेको आरोप लगाउँदै आएका छन् । 

माइती पक्षका अनुसार रोशनीले पासो लगाएर आत्महत्या गरेको भन्दै ससुराली पक्षले आफूहरूलाई छल्न प्रयास गरेको छ। तर घटनास्थलमा जलाइएका कपडा तथा अन्य अवशेष भेटिनु, परिवारजनले पटक–पटक अभिव्यक्ति परिवर्तन गर्नु लगायतका तत्वले शंका थपिएको उनीहरूको आरोप छ।

यस घटनामा रोशनीको ससुरा पक्षले भने प्रहरीले अनुसन्धानमा सघाउँदै गरेको बताएका छन् । उनले पोष्टमार्टम भएको र रिपोर्टले सबै कुरा बाहिरिने बताउँदै दोषी ठहर भए जेल जान तयार रहेको बताएका छन् । 

ससुरा पक्षले श्रीमानलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गर्दै गरेको छ । मुद्दा दर्ता भईसकेपछि अनुसन्धानको क्रममा प्रमाण सबुतको आधारमा आफूहरु दोषी ठहरिए कानुन बमोजिम कारवाही भोग्न तयार रहेको बताएका छन् । 

उनीहरुले मिडियामा जथाभावी आरोप लगाएर, सबै परिवारमाथि आरोप लगाएर दोषी नै बनाइदिएकोप्रति दुःख व्यक्त गरेका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

शहिदनगरमा किशोर सञ्जालको १० बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

  • २०८२ मङ्सिर १७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम। राष्ट्रिय किशोर सञ्जाल नेपालले बालबालिका र किशोर–किशोरीसम्बन्धी १० बुँदे ध्यानाकर्षण पत्र शहिदनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ। केन्द्रीय समिति सदस्य राजन दासले नगरपालिकाकी उप–प्रमुख सुनिता सिंहलाई ध्यानाकर्षण पत्र

पूरा पढ्नुहोस्

Bureau Menus