रोहिंग्या प्रवेश रोक्न मधेशका सीमा नाकामा कडाइ

२०८२ मङ्सिर २० शुक्रबार
बिहान ०८:१० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  भारतमा बसोबास गर्दै आएका रोहिंग्या शरणार्थी खुला सिमानाको फाइदा उठाई नेपाल प्रवेश गर्न सक्ने आशंकापछि मधेश प्रदेशका सीमा नाकामा कडाइ गरिएको छ। 

गृह मन्त्रालयले भारतसँग जोडिएका मधेश प्रदेशका आठै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सुरक्षा सतर्कता बढाउन निर्देशन दिएपछि सीमा नाकाहरूमा व्यापक निगरानी थालिएको हो।

मधेश प्रदेशका ८ जिल्लामा अब शंकास्पद देखिएका व्यक्तिलाई रोकेर सोधपुछ गरी मात्र प्रवेश अनुमति दिइँदै छ। बंगलादेशी रोहिंग्याको शारीरिक बनावट मधेशका केही समुदायसँग मिल्दोजुल्दो हुने भएकाले खुला सीमा प्रयोग गरी छिर्न सक्ने जोखिम उच्च रहेको सुरक्षानिकायको मूल्यांकन छ। यसैले विशेष सुरक्षात्मक सतर्कता अपनाइएको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमा क्षेत्रमा निगरानी कडा पारिएको छ। उनका शब्दमा, “तीनै तहका सुरक्षा निकाय परिचालन गरेर अवैध प्रवेश रोक्ने व्यवस्था गरेका छौँ।”

हालै भारतमा चलेको ‘जेन–जी’ आन्दोलनको क्रममा केही रोहिंग्याको घुसपैठ देखिनुका साथै लुटपाटमा संलग्नता भेटिएपछि नेपालतर्फ पनि सम्भावित जोखिम बढेको सुरक्षानिकायको आकलन छ। भारतका विभिन्न क्षेत्रमा हजारौँको संख्यामा रोहिंग्या समुदाय बसोबास गर्दै आएको, र तिनमध्ये केहीले सीमा पार गर्ने प्रयास गर्न सक्ने अनुमान गरिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सबैला नगरपालिकाले किने किसानको लागि तिनवटा आधुनिक मेसिन

  • २०८२ मङ्सिर २० शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  सबैला नगरपालिकाले प्रविधिमैत्री कृषि प्रवर्धन गर्दै तीनवटा आधुनिक कृषि यन्त्र खरिद, किसानलाई छिटै सुलभ दरमा उपलब्ध गराइने धनुषाको सबैला नगरपालिकाले कृषिमा प्रविधिको प्रयोग बढाउँदै तीनवटा अत्याधुनिक कृषि

पूरा पढ्नुहोस्

Bureau Menus