न्यूज ब्यूरो, जनकपुरधाम । मँगलबार मनाइने ऐतिहासिक तथा धार्मिक महत्त्वको विवाह पञ्चमी महोत्सव नजिकिँदै गर्दा भीड व्यवस्थापन र सवारी नियमनका विषयमा लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) ले ट्राफिक प्रहरीलाई ध्यानाकर्षण गराएको छ ।
आईतबार लोकतान्त्रिक विद्यार्थी संघ, नगर कार्य समिति जनकपुरधामले जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषलाई पत्र बुझाउँदै प्रभावकारी ट्राफिक व्यवस्थापनको माग गरेका छन्।
लोतान्त्रिक विद्यार्थी संघका नगर सचिव ऋतिक झा अनुसार महोत्सवमा भीडभाड, यात्रु आवागमन, धार्मिक स्थलको संवेदनशीलता तथा सुरक्षालाई ध्यानमा राख्दै तीन बुँदे सुझाव प्रस्तुत गरेका छन्।
संघले रामानन्द चौक, जानकी मन्दिर, राम मन्दिर तथा बरहवाको संवेदनशील क्षेत्रमा सवारी साधनको आवागमन रोक्नुपर्ने बताएको छ। साथै, भीड हुने स्थानहरूलाई नो–पार्किङ क्षेत्र घोषणा गर्न ट्राफिक प्रहरीलाई अनुरोध गरिएको छ।
जानकी मन्दिर, बरबिघहा र राम मन्दिर क्षेत्रका मुख्य मार्गमा हुने ठेला तथा फुटपाथ व्यापारले बाटो साँघुरो बनाउने भन्दै महोत्सव अवधिमा यी गतिविधि रोक्न प्रशासनसँग समन्वय गर्नुपर्ने संघको भनाइ रहेको छ। भीड सहज बनाउन निश्चित मार्गलाई पैदल यात्री मात्र चल्ने क्षेत्र बनाउन माग गरिएको छ।
विवाह पञ्चमीमा लाखौँ भक्तजनको उपस्थितिलाई ध्यानमा राख्दै प्रहरी संख्या बढाउन र आकस्मिक अवस्थाका लागि ुआपतकालीन लेन ु तोक्न संघले प्रशासनसँग आग्रह गरेका छन्।
संघका नगर सचिव ऋतिक मिश्रले महोत्सवलाई मर्यादित, सुरक्षित र सुचारु बनाउन समयमै ट्राफिक आयोजनामा सक्रियता आवश्यक रहेको उल्लेख गरेका छन्।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८२ मङ्सिर ८ आइतबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्




