मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै 

२०८२ मङ्सिर १८ बुधबार
बिहान ०७:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज (बुधबार) विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री यादवले मँगलबार पत्रकार सम्मेलन गर्दै आज दिउँसो २ बजे विश्वासको मत लिने बताएका हुन् । प्रदेश प्रमुखको कार्यालयबाट पत्र प्राप्त भएको जानकारी दिँदै उनले भने ‘बुधबार दिउँसो २ बजेसम्म विश्वासको मत लिनेछु ।’ उनले विश्वासको मत लिनको लागि प्रदेशसभा सचिवालयलाई पत्र पठाउन लागेको बताए ।

मुख्यमन्त्री यादवले आफूलाई प्रदेशसभा सदस्यहरूले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकनन्दिनीका ५० युवायुवतिलाई प्लान इन्टरनेश्नल र JWAS ले ल्याइदिए स्वरोजगारको खुसी 

  • २०८२ मङ्सिर १८ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको जानकी महिला जागरण समाजले धनुषा जनकनन्दिनी गाउँपालिकाको ५० जना युवायुवतिलाई स्वरोजगारीको खुसी ल्याईदिएको छ ।  प्लान इन्टरनेश्नल नेपाल नामक सँस्थाको आर्थिक सहयोगमा पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकामा

पूरा पढ्नुहोस्

Bureau Menus