न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रहरीले अनलाईन ठगीबाट बच्न विभिन्न समयमा सन्देशहरु प्रवाह गरिरहँदा पनि अनलाईन ठगीबाट हजारौँ ग्राहक दिनहुँ ठगीमा पर्ने गरेको छ ।
टिकटोक, फेसबुक रिल्समा राम्रा राम्रा कपडाहरु देखाएर एकदम थोरै मूल्य देखाउने प्रवृतिले सर्वसाधारणहरु ठगिदै गएको छ । आकर्षक कपडा देखाएर मात्र रु. ५००, १००० देखाएर प्रलोभनमा पारी ठग्दै आएको हो ।
टिकटकमा हाल्ने कपडाको भिडियो र त्यसमा देखाइने मूल्य थोरै राखेर पहिले सर्वसाधारणलाई लोभ दिन्छन्, सम्पर्क गरेपछि पहिले पैसा पठाउन भन्छन् । ठगहरुले नेपाली नम्बरबाट ईसेवा खोलेर त्यसको क्यूआर पठाएर ठगी गर्छन् ।
यस्तै, सिरहा लहानका एक युवक ठगिएपछि न्यूज ब्यूरोको सम्पर्कमा आएका हुन् । जनकपुरको मिल्सएरिया ९ भनेर राखिएको मनिषा फैन्सी कलेक्सन नामक अनलाईन पसलबाट ठगीमा परेको बताएका छन् । डमी पसल खडा गरी अनलाईनमा प्रचार गर्ने, अनलाईनबाटै पहिले पैसा माग्ने र त्यसपछि समान भने पठाउँदैनन् । त्यसपछि फोन गर्दा ब्लक गर्ने गरिन्छ । अनि बल्ल थाहा हुन्छ ठगीमा परेको ।
सिरहा लहानका महेश महतोले आफू अनलाईनबाट ठगीमा परेको बताए । उनले अनलाईनबाट पैसा लिने र त्यसपछि समान नदिई ब्लोक गरेको भन्दै प्रहरीमा उजुरी दिने बताए । महेश जस्ता हजारौँ सर्वसाधारण ठगीमा पर्दै आएका छन् ।
फेसबुक, टिकटोकमा आउने भिडियो, सस्ता देखिने समानहरुमा नफस्न प्रहरीले पनि अनुरोध गरेको छ ।
जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए
- २०८२ चैत २३ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,
पूरा पढ्नुहोस्



_Q0Pm2ZjB51.jpeg)


