Close This

८५ हजार रुपैयाँ घुससहित तीन कर्मचारी पक्राउ

२०८२ चैत २३ सोमबार
रति ९:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो,  काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले घुस लिएको आरोपमा सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। 

आयोगका अनुसार इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठले भोजपुर जिल्लास्थित विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा कारबाही गरिएको हो।

आयोगले जनाएको अनुसार उनीहरूले विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै रु। ८५ हजार घुस लिएको अवस्थामा पक्राउ गरिएको हो। आयोगको टंगालबाट खटिएको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट नियन्त्रणमा लिएको छ भने इटहरी कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूबाट उक्त घुस रकमसहित तीन थान मोबाइल र अन्य आवश्यक कागजात बरामद गरिएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

  • 0%
  • 25%
  • 25%
  • 0%
  • 0%
  • 0%

घरबारविहिन नागरिकको जिम्मेवारी सरकारले लिन्छः रवि लामिछाने

  • २०८२ चैत २३ सोमबार

न्यूज ब्यूरो, काठमान्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको उचित व्यवस्थापनको जिम्मा सरकारले लिने बताएका छन् । आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा उनले

पूरा पढ्नुहोस्

Bureau Menus