न्यूज ब्यूरो, जनकपुरधाम । अमेरिका र इरानबीच युद्धविरामको सहमति भएसँगै विश्व अर्थतन्त्र र वित्तीय बजारमा सकारात्मक प्रभाव देखिएको छ । रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको होर्मुजबाट तेल र ग्यासको निर्यात पुनः सुचारु हुने सुनिश्चिततासँगै अन्तर्राष्ट्रिय बजारमा ऊर्जा र सेयरको मूल्यमा ठुलो फेरबदल आएको हो ।
युद्धविरामको घोषणा लगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा करिब १५ प्रतिशतको भारी गिरावट आएको छ । ब्रेन्ट क्रुड र डब्लुटीआई दुवैको मूल्यमा उच्च गिरावट आएपछि महँगी घट्ने आशामा लगानीकर्ता उत्साहित देखिएको अलजजिराले लेखेको छ ।
अमेरिकी सेयर बजारमा प्रविधि क्षेत्रका दिग्गज कम्पनीहरू एनभिडिया, टेस्ला र इन्टेलको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यद्यपि, कच्चा तेलको मूल्य घटेका कारण अमेरिकी ऊर्जा कम्पनीको सेयर भने करिब ३ प्रतिशतले ओरालो लागेको छ ।
यता एसियाली बजारमा पनि युद्धविरामको सन्देशले हरियाली छाएको छ । जापानको निक्की ५ प्रतिशतभन्दा बढीले बढेर खुला भएको छ भने दक्षिण कोरियाको कोस्पी झन्डै ६ प्रतिशतले उकालो लागेको छ ।
एसियाली बजारमा कारोबारको सुरुवातमा अमेरिकी डलर दुई सातायताकै न्यून बिन्दुमा झरेको छ । डलर कमजोर बन्दा युरो, ब्रिटिस पाउन्ड, जापानी येन, अस्ट्रेलियन डलर र न्युजिल्यान्ड डलरको विनिमय दरमा भने सुधार देखिएको छ ।
होर्मुजबाट हुने आपूर्ति अवरोध हट्ने संकेतले विश्वभरको आपूर्ति शृङ्खलामा राहत पुग्ने र यसले वित्तीय बजारलाई थप स्थिर बनाउने अनुमान गरिएको छ ।
विपद्को घडीमा वर्ल्डलिंकको साथ, उद्धार कोषमा १ करोड १ लाख सहयोग
- २०८२ चैत २५ बुधबार
न्यूज ब्युरो, जनकपुरधाम । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले विपद्बाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग
पूरा पढ्नुहोस्


