महोत्तरी सशस्त्रका एसपी शेरबहादुरले तस्करीको लाईन खुलाएर अरिजनल व्यापारीलाई दुःख दिएको आरोप

२०८३ बैशाख २४ बिहीबार
बिहान १०:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर ।  महोत्तरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीकै संरक्षणमा ‘लाइन मिलाएर’ तस्करी हुने गरेको आरोपबीच हालैको एउटा घटनाले वैध व्यापारसमेत प्रभावित हुने अवस्था देखिएको छ। व्यवसायीहरूले सशस्त्र प्रहरीका उच्च अधिकारीले अनैतिक लाभ लिन दबाब दिने र ‘लाइन’ नमिल्ने व्यापारीलाई दुःख दिने प्रवृत्ति बढेको आरोप लगाएका छन्।

व्यवसायीका अनुसार सिमावर्ती क्षेत्रमा “लाइन खुलेको” नाममा मासिक रकम बुझाउने समूहको सामान निर्वाध रूपमा ओसारपसार हुने गरेको छ। तर रकम नबुझाउने व्यापारीको सामान भने सक्कली बिल, विजक र सरकारी भिसिटिएस प्रणालीमा अभिलेख भए पनि नियन्त्रणमा लिएर भन्सार बुझाउने गरिएको आरोप छ।

यही आरोपलाई बल पुग्ने गरी गत शुक्रबार राति सशस्त्र प्रहरी गण ९ नम्बर हेक्वा महोत्तरीका एसपी शेरबहादुर अधिकारी नेतृत्वको टोलीले मनरा सिस्वा नगरपालिका–२ भोल्हीबाट तीनवटा पिकअपमा रहेको स्याउ नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको हो।

व्यवसायीका अनुसार प्र–१–०४–००१ च ०४१४, म.प्र.०४–००१ च ०३८० र प्रदेश २–०२–००१ च ०७२२ नम्बरका पिकअपमा रहेको ३४५ कार्टुन स्याउ बजरंग ट्रेडिङ कम्पनी प्रालि, बर्दिबासबाट माँ जानकी ट्रेडर्स, मनरा सिस्वाका नाममा कानुनी बिलसहित पठाइएको थियो। सामानसँग नेपाल सरकारको अनलाइन भिसिटिएस बिलसमेत रहेको दाबी गरिएको छ।

तर सशस्त्र प्रहरीले कुनै स्थलगत मुचुल्का, प्रारम्भिक अनुसन्धान वा औपचारिक प्रक्रिया पूरा नगरी सामान नियन्त्रणमा लिएको व्यवसायीहरूको आरोप छ। स्थानीयले एसपी अधिकारी स्वयं उपस्थित भएर सामान नियन्त्रणमा लिएको भिडियोसमेत रहेको दाबी गरेका छन्।

घटनापछि सशस्त्र प्रहरीले ती सामानलाई “बेवारिसे बरामद” उल्लेख गर्दै मूल भन्सार कार्यालय मलिवाडा, भिटामोड बुझाएको थियो। तर प्रारम्भिक चरणमा संगठनात्मक प्रतिवेदन नै नभएकाले मुद्दा दर्ता हुन सकेको थिएन। पछि घटना भएको तीन दिनपछि मात्र प्रतिवेदन पठाइएको बताइएको छ।

भन्सार स्रोतका अनुसार नेपाली बजारभित्रबाट वैध बिलसहित बरामद भएको सामानमा सामान्यतया मुद्दा दर्ता नहुने प्रावधान छ। तर व्यवसायीहरूले एसपी अधिकारीले भन्सार प्रमुखमाथि दबाब दिएर मुद्दा दर्ता गराउन खोजेको आरोप लगाएका छन्।

व्यवसायी तथा स्थानीय जनप्रतिनिधिको पहलपछि अन्ततः सोमबार उक्त मुद्दा फस्यौट गर्दै सामान सम्बन्धित व्यापारीलाई फिर्ता गरिएको थियो। भन्सार कार्यालयले समेत सामान बिलविजकअनुसारकै रहेको र नेपाली बजारबाटै बरामद भएको पुष्टि गरेको स्रोतले जनाएको छ।

स्थानीय व्यापारीहरूका अनुसार यो घटना प्रतिनिधिमूलक मात्रै हो। महोत्तरीका विभिन्न सीमावर्ती क्षेत्रमा ‘लाइन मिलाएर’ काम गर्ने र आर्थिक लेनदेन नमिल्ने व्यापारीमाथि कारबाहीको दबाब सिर्जना गर्ने प्रवृत्ति बढ्दो छ। रघुनाथपुर, सम्सी, रामनगर, भिटामोड, मटिहानी, गौशाला, खैरबन्नी, इटहरवा कट्टी र एकडारालगायत क्षेत्रमा खटिएका सुरक्षा अधिकारीहरूको संलग्नतामै यस्तो नेटवर्क सञ्चालन हुने गरेको आरोप स्थानीय व्यवसायीको छ।

व्यवसायीहरूले सीमामा तस्करी नियन्त्रणभन्दा पनि वैध व्यापारलाई दुःख दिने र आर्थिक लाभका लागि दबाब सिर्जना गर्ने प्रवृत्तिले व्यवसायिक वातावरण नै असुरक्षित बनेको गुनासो गरेका छन्।

एसपी अधिकारीले भने तत्कालै व्यापारीसँग बिल बिजक नभएको कारण पक्राउ गरिएको बताइएको छ । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ बैशाख २४ बिहीबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus