विद्यालयको अनियमिततामा फँस्ने सुइँको पाएपछि बचाईदिन मन्त्री दासको शरणमा मण्डल, यादव र गोईत

२०८३ असार ४ बिहीबार
रति ८:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गिद्धाबेलापट्टि स्कूलमा भएको अनियमितताबारे निरन्तर समाचार आउन थालेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देबेन्द्र यादव, निमावि शिक्षक (लेखापाल) ब्रह्मदेव यादव र प्रअ पवन मण्डल मन्त्रीको शरणमा पुगेको खुलेको छ । 

मधेश प्रदेशका खेलकूद तथा समाज कल्याण मन्त्री लखन दासको शरणमा उनीहरु पुगेको स्रोतले बताएको छ । विद्यालयको विभिन्न शिर्षकमा भएको अनियमितता, विद्यार्थीबाट असुली, अवैद्य नियुक्तिहरुको बारेमा समाचार आउन थालेपछि बचाउको लागि मन्त्री दासको शरणमा पुगेको बताईएको छ । 

विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले सँचारमाध्यमा आएको समाचारलाई आधार बनाएर छानबिन गर्ने तयारी थालेपछि तीनै जना मन्त्री दासको शरणमा पुगेको हो । विद्यालयमा भएको ईमिस सँख्या हेरफेर, विद्यार्थीबाट अवैद्य असुली, अतिरिक्त कक्षा सँचालनको नाममा विद्यार्थीहरुसँग असुली, प्राविधिक विद्यार्थीहरुबाट नियम विपरित रकम असुलीको समाचारहरु आउन थालेपछि मिलाइदिन मन्त्रीको शरणमा पुगेको स्रोतको दाबी छ । 

समाचार आउन थालेपछि विद्यालयका प्रअ मण्डलले विभिन्न व्यक्तिबाट समाचार रोक्न प्रयास गरे भने लेखापाल ब्रहमदेव यादवले समाचार नलेखिदिन हारगुहार गरे । यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम गोईत देबेन्द्रले समेत समाचार नलेख्न आग्रह गर्दै आएका हुन् । 

नाम नखोल्ने शर्तमा सोही नगरपालिकाका एवम् मन्त्रीका नजिक रहेका व्यक्तिले उनीहरुको फोन मार्फत अधिक कुरा हुने गरेको बताईएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए

  • २०८३ असार ४ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,

पूरा पढ्नुहोस्

Bureau Menus