न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमन्त्री पदका लागि केन्द्रीय सदस्य जुली यादवले उम्मेदवारी घोषणा गर्नुभएको छ।
मधेसी महिला खुला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित यादवले सहमन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो। सहमन्त्री पदको निर्वाचन आज बिहान ११ बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ।
धनुषा जिल्लाको कमला नगरपालिका–३, पर्सा निवासी यादव लामो समयदेखि रास्वपाको संगठन निर्माण र विस्तारमा सक्रिय रहँदै आउनुभएको छ। उहाँ यसअघि प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको समानुपातिकतर्फको उम्मेदवार समेत रहनुभएको थियो।
सहमन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै यादवले पार्टीलाई संस्थागत, समावेशी र जनमुखी बनाउने अभियानमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
जनता नै देशको मालिक हो, जनताले जे भन्यो त्यही हुन्छ, अदालतबाट न्याय पाउँछुः देउवा
- २०८३ असार १२ शुक्रबार
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले जनता नै देशको मालिक भएको बताउँदै जनताले चाहेको कुरा नै अन्ततः हुने बताएका छन् । बिहीबार स्वदेश फर्किएपछि चुनदेवीस्थित कांग्रेस संस्थापन इतरको सम्पर्क
पूरा पढ्नुहोस्


