सर्लाही गणेश पूजा र कृष्ण जन्माष्टमीका लागि बनाइएको टेन्ट हटाएको आरोप, प्रशासनविरुद्ध स्थानीयको गुनासो

२०८३ श्रावण २८ बिहीबार
बिहान ११:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सर्लाही ।  सर्लाहीको मलंगवा नगरपालिकामा गणेश पूजा तथा श्रीकृष्ण जन्माष्टमी पर्वका लागि निर्माण गरिएको टेन्ट र मूर्ति निर्माणको तयारीलाई स्थानीय प्रशासनले हटाउन लगाएको आरोप लागेको छ ।

मलंगवा नगरपालिका–स्थित कलष्ट्रो चोकमा गणेश पूजा तथा टावर चोकमा श्रीकृष्ण जन्माष्टमी मनाउनका लागि स्थानीयले टेन्ट निर्माण र मूर्ति स्थापनाको तयारी गरेका थिए । तर, जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुखको निर्देशनमा टेन्ट हटाउन लगाइएको तथा मूर्ति निर्माणमा समेत रोक लगाइएको स्थानीयको आरोप छ ।

स्थानीयका अनुसार पूजाका लागि सम्बन्धित वडा अध्यक्षबाट अनुमति लिइसकिएको थियो । सडक पूर्ण रूपमा खाली रहेको र यातायात आवागमनमा समेत कुनै अवरोध नरहेको अवस्थामा प्रशासनले हस्तक्षेप गरेको उनीहरूको गुनासो छ ।

स्थानीयले विगत करिब १५ वर्षदेखि सोही स्थानमा नियमित रूपमा भव्य रूपमा पूजापाठ तथा धार्मिक कार्यक्रम हुँदै आएको बताएका छन् । यसपटक भने प्रहरी परिचालन गरी टेन्ट हटाउन लगाउने, धार्मिक कार्यक्रमको तयारीमा अवरोध गर्ने तथा स्थानीयलाई पक्राउ गर्ने र धम्की दिने जस्ता गतिविधि भएको आरोप उनीहरूले लगाएका छन् ।

घटनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयले धार्मिक तथा सांस्कृतिक पर्व मनाउने अधिकारमाथि अनावश्यक हस्तक्षेप गरिएको बताएका छन् । प्रशासनको व्यवहारले धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावमा समेत प्रश्न उठाएको उनीहरूको भनाइ छ ।

स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी धार्मिक कार्यक्रम सञ्चालनका लागि सहज वातावरण बनाउन प्रशासनसँग माग गरेका छन् । साथै, जनप्रतिनिधिहरूमार्फत सम्बन्धित निकायमा दबाब सिर्जना गरी समस्या समाधानका लागि मलंगवावासीलाई एकजुट हुन आग्रह गरिएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने बिना अनुमति सडक अवरुद्ध हुने गरी मूर्ति बनाउन थालेपछि हटाउन निर्देशन दिएको बताएको छ । मेला लाग्नुभन्दा एक महिना अगाडीदेखि नै हुलाकी सडकमा अवरोध पुरयाउँदै टेन्टहरु बनाउन थालेपछि हटाउन निर्देशन दिएको जनाएको छ । 

प्रहरीका अनुसार, सार्वजनिक स्थानहरुमा मेला लगाउन प्रशासनको अनुमति अनिवार्य रहेको भन्दै बिना अनुमति बनाउन थालेपछि त्यहाँबाट हटाउन भनिएको हो । मेलाको एक दुई दिन बाँकी रहँदा टेन्ट तयार गरे धेरै अवरोध नहुने जनाएको छ, तर एक महिना अगाडीदेखि नै सडकमै मूर्ति बनाउन थालेपछि वर्तमान परिस्थितिलाई मध्यनगर गर्दै तत्काल हटाउन भनिएको बताएको छ । 

नयाँ नयाँ बनेको हुलाकी सडकमा खनेर सडकलाई बर्बाद पारिदिएको प्रशासनले जनाएको छ । अनुमति लिएर गर्दा प्रशासनले स्कटिँग गर्ने, शान्ती सुरक्षा प्रदान गर्ने, रुट तय गर्नेृ जनाएको छ । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तीजको रौनकसँगै जनकपुरकी पूजा ठाकुरको ‘तीजैमा छमछम’ रिलिज, लोभलाग्दो दृश्याँकन

  • २०८३ श्रावण २८ बिहीबार

जनकपुरधाम । नेपाली महिलाको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ । जनकपुरकी चर्चित कलाकार पूजा ठाकुर मुख्य अभिनयमा देखिएकी हुन् ।  देशी फिल्म्सको

पूरा पढ्नुहोस्

Bureau Menus