न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा धनुषा जिल्ला अदालत अगाडि एक जना मिटरब्याज पीडित महिलाले शरिरमा पेट्रोल खन्याएपछि खैलाबैला मच्चियो। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ की फुलकुमारी रजकले शरिरमा पेट्रोल खन्याएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधबार दिउँसो अदालत अगाडि मिटरब्याज पीडितले नारावाजी गर्दै विरोध प्रदर्शन गरिरहेको उनले आत्मदाहको प्रयास गरेकी बताईएको छ ।
उनले पेट्रोल आफ्नो शरीरमा खन्याएपछी प्रहरीले उनलाई रोकेका थिए। धनुषा प्रहरीको सजगताले जीउमा आगो लगाउनु पूर्व नै महिलालाई नियंत्रणमा लिएको छ।
अदालतमा आज पक्राउ परेका साहुविरुद्ध थुनछेक बहस भईरहेको बेला उनले यस्तो गरिन् । गोपाल साह, रेखा साह र हरेराम साह पक्राउ परेकोमा थुनछेक बहस भैरहेको छ। अदलात पुग्नु पूर्व मीटरब्याज पीडितहरु द्वारा जिल्ला प्रहरी कार्यालय अगाडि समेत प्रदर्शन गरिएको थियो ।
खाएको ऋण तिर्न नपर्ने भन्दै उनले शरिरमा पेट्रोल खन्याएकी थिईन् । समाजिक सँजालमा यसलाई ट्रोल गरिएको छ ।
आफ्नै हजुरआमा (दादी) को हत्या गरेको आरोपमा १८ बर्षिय नाती (पोता) पक्राउ
- २०८३ श्रावण २७ बुधबार
न्यूज ब्यूरो, रौतहट । रौतहटको कटहरिया नगरपालिका–३ बडेर्बामा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा १८ वर्षीय नाति पक्राउ परेका छन् । प्रहरीले ७५ वर्षीया तेतरी खातुनको हत्या गरेको आरोपमा उनका नाति साहिल
पूरा पढ्नुहोस्









