न्यूज ब्यूरो, काठमाडौं । वैदेशिक रोजगारीका अवसर भन्दै विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा प्रकाशित हुने सबै विज्ञापन आधिकारिक नहुन सक्ने भएकाले वैदेशिक रोजगार विभागले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।
विभागले विज्ञापनको भरमा मात्रै विश्वास गर्दा ठगीमा पर्ने जोखिम उच्च हुने भन्दै वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित विज्ञापनको आधिकारिकता आफैँ जाँच गर्न आग्रह गरेको हो ।
विभागका अनुसार वैदेशिक रोजगारीसम्बन्धी कुनै पनि विज्ञापन आधिकारिक हो वा होइन भन्ने कुरा घरमै बसेर मोबाइल वा कम्प्युटरबाट सजिलै जाँच गर्न सकिन्छ ।
यसरी जाँच गर्न सकिन्छ :
१. वैदेशिक रोजगार विभागको आधिकारिक वेबसाइटमा जानुहोस् । त्यसका लागि dofe.gov.np मा जान सकिन्छ ।
२. वेबसाइटको होमपेजमा रहेको ‘पूर्व स्वीकृति’ भन्ने विकल्पमा क्लिक गर्नुहोस् ।
३. त्यसपछि खुल्ने पेजमा ‘Lot No.’ लेखिएको स्थानमा विज्ञापनमा उल्लेख गरिएको लट नम्बर प्रविष्ट गरी खोज्नुहोस् ।
४. खोजेपछि उक्त लट नम्बरसँग सम्बन्धित विवरण देखिन्छ । त्यहाँ उल्लेख भएको रोजगारदाता कम्पनी, रोजगारीको देश, पद, तलब, सेवा शुल्कलगायतका विवरण विज्ञापनमा उल्लेख गरिएका विवरणसँग मिलेको छ कि छैन भनेर यकिन गर्नुपर्छ ।
विभागले विज्ञापनमा लट नम्बर नै उल्लेख नगरिएको अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । लट नम्बर नभएका वा विभागको वेबसाइटमा खोज्दा विवरण नदेखिने विज्ञापन ठगीको माध्यम हुन सक्ने भएकाले त्यस्ता विज्ञापनको भरमा वैदेशिक रोजगारीको प्रक्रिया अघि नबढाउन विभागले सुझाव दिएको छ ।
त्यस्तै, शङ्कास्पद विज्ञापन वा वैदेशिक रोजगारीका नाममा ठगी गर्ने प्रयासबारे जानकारी पाएमा तत्काल वैदेशिक रोजगार विभागमा जानकारी गराउन पनि विभागले आग्रह गरेको छ ।
वैदेशिक रोजगारीमा जानुअघि विज्ञापन आधिकारिक भए नभएको, पूर्व स्वीकृति लिएको वा नलिएको तथा विज्ञापनमा उल्लेख भएका सबै विवरण विभागको अभिलेखसँग मेल खाए नखाएको सुनिश्चित गरेर मात्र प्रक्रिया अघि बढाउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
बालेन सरकारको निर्णय भएको भन्दै सर्लाहीमा डीजेसहित डिजे सँचालक पक्राउ गर्न सुरु
- २०८३ श्रावण २६ मंगलबार
न्यूज ब्यूरो, सर्लाही । मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी ध्वनि प्रदूषण गराएको आरोपमा सर्लाही प्रहरीले डीजेसहितको गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ । नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय
पूरा पढ्नुहोस्






