कप्तानगँजका वडाध्यक्षले भने,–'द्वन्द्व चर्किन सक्ने अवस्था आउन सक्ने भएकाले तत्काल पसलहरु मर्मत नगर्नु'

२०८३ श्रावण २७ बुधबार
रति ८:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सुनसरीमा केही दिन अगाडी भएको हिन्दु मुस्लिम तनावपछि बनेको स्थिति साम्य पार्न एक वडाध्यक्षले कुनै पनि पसल तत्काल मर्मत नगर्न आग्रह गरेको छ । 

सुनसरीको भोक्राहा नरसिँग गाउँपालका वडा नं. ४ का वडाध्यक्ष हारुन अन्सारीले हिन्दु मुस्लिम विवादको क्रममा जलेका पसल, टहराहरु तत्कालै मर्मत नगर्न अनुरोध गरेका छन् । 

वडाध्यक्ष अन्सारीले एक सूचना जारी गर्दै स्थानीय बेचन साहको पान पसल, सँतोष पौदारको पान पसल, पँकज साहको चिया पसल तत्काल मर्मत नगर्न आग्रह गरेको हो । उनले सूचनामा कप्तानगँजको चिरौली बजारस्थित हिन्दु मुस्लिमबीचको तनावको क्रममा आगजनी, तोडफोड भएकोमा तत्कालै मर्मत नगर्न आग्रह गरेको हो । तत्काल मर्मत गरिए अर्को पक्ष रोक्न सक्ने सम्भावना भएकोले द्धन्द्ध हुने भन्दै तत्काल मर्मत नगर्न आग्रह गरेको हो । 

न्यूज ब्यूरोसँगको कुराकानीमा वडाध्यक्ष अन्सारीले अहिले पूर्ण रुपमा तनाव समाप्त नभएकोले केही दिन साम्य भएपछि मात्र पसलहरु मर्मत गर्न भनेको बताए । उनले अहिले उनीहरु पसलको मर्मत सम्भार गरे केही केटाहरु रोक्न सक्छ र त्यसले द्धन्द्ध हुन सक्छ, त्यसैले दुवै पक्षलाई मिलाएर लैजाने प्रयासरत रहेको बताए । 

वडाध्यक्ष अन्सारीले चिरौली बजारस्थित सो पसलहरु ८२ फिट हाईवेभित्र समेत पर्ने भएकोले तत्काल हटाउँदा उचित हुने बताए । उनले केही दिनपछि सडक विभाग नै पसलहरु हटाउने बताए । 

वडाध्यक्ष अन्सारीले प्रशासन, चिरौली प्रहरी र सम्बन्धित व्यक्ति पसलेहरुलाई बोधार्थ गरी सूचना निकालेका हुन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

बच्चा खेलाउँदै बाँदर

  • २०८३ श्रावण २७ बुधबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus