न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा कानून विषयको स्नातक तह (एलएलबी) को पठनपाठन चालु शैक्षिक सत्रदेखि सुरु भएको छ ।
त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा रहेको राराब क्याम्पसमा एलएलबीको पढाइ सुरु भएपछि यस क्षेत्रका विद्यार्थीलाई कानून शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।
यसअघि मधेश प्रदेशका विद्यार्थीहरू कानून विषयको स्नातक तह अध्ययनका लागि सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस वा काठमाडौं जानुपर्ने बाध्यतामा थिए । जनकपुरधाममै एलएलबीको पढाइ सुरु भएपछि विद्यार्थीहरू उत्साहित भएका छन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत यस क्षेत्रकै पुरानो शैक्षिक संस्थाका रूपमा रहेको राराब क्याम्पसमा एलएलबीका लागि ३ सय सिट उपलब्ध गराइएको छ ।
आफ्नै घरमा बसेर कानून विषय अध्ययन गर्न पाउने भएपछि विद्यार्थीहरूलाई आर्थिक तथा समयको हिसाबले समेत सहज भएको छ । क्याम्पस प्रशासनले विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षासहित आवश्यक सम्पूर्ण प्रक्रिया यसअघि नै पूरा गरिसकेको जनाएको छ ।
एलएलबीको प्रवेश परीक्षामा उपलब्ध सिट संख्याभन्दा पाँच गुणाभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । प्रवेश परीक्षामा सहभागी विद्यार्थीमध्ये योग्यता क्रमका आधारमा क्याम्पस प्रशासनले भर्नाका लागि विद्यार्थी छनोट गरेको हो ।
जनकपुरधाममै कानून विषयको स्नातक तहको पठनपाठन सुरु भएपछि धनुषासहित मधेश प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।
जनकपुरधामको राराब क्याम्पसमा एलएलबीको पढाइ सुरु, ३ सय सिटमा भर्ना
- २०८३ श्रावण २८ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा कानून विषयको स्नातक तह (एलएलबी) को पठनपाठन चालु शैक्षिक सत्रदेखि सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा
पूरा पढ्नुहोस्


