सवारी दुर्घटनाका आरोपितलाई पीडितको मञ्जुरीबिनै प्रहरीले छाडेको आरोप, प्रहरी भन्छन्- 'उजुरी खोई ?'

२०८३ भदौ १७ बुधबार
बेलुकी ५:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्युरो, सिरहा । सिरहाको बन्दीपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएकी महिलाको उपचार खर्चसमेत नतिरी प्रहरीले दुर्घटनाका आरोपितलाई पीडितको मञ्जुरीबिनै रिहा गरेको आरोप लागेको छ ।

गत भदौ १० गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको बन्दीपुरमा तीन जना सवार मोटरसाइकल गलत साइडबाट आएर ठक्कर दिँदा मिर्चैया नगरपालिका–८ हाल बन्दीपुर बस्दै आएकी ४६ वर्षीया ललिता यादव घाइते भएकी थिइन् ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय मिर्चैयाले मोटरसाइकलमा सवार सिरहाको सुखीपुर निवासी इन्द्रजीत महरालाई नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो । पीडित परिवारका अनुसार महरासँग सवारी चालक अनुमतिपत्रसमेत छैन ।

तर, पीडित पक्षसँग कुनै सरसल्लाह वा मञ्जुरी नलिई प्रहरीले महरालाई रिहा गरेको आरोप परिवारले लगाएको छ । एक जना वडाध्यक्षको दबाबमा प्रहरीले आरोपितलाई छाडेको पीडित परिवारको दाबी छ ।

घाइते ललिता यादवका भाइ राजाराम यादवले इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले आर्थिक प्रलोभनमा परी आरोपितलाई रिहा गरेको आरोप लगाएका छन् ।

‘पीडितको उपचार खर्चसमेत नतिरी किन छाडियो भनेर सोध्दा प्रहरीले उल्टै झपारे,’ राजारामले भने ।

दुर्घटनामा गम्भीर घाइते भएकी ललिता यादबको मिर्चैयास्थित मनकामना मिड ईस्टर्न अस्पतालमा उपचार भइरहेको छ । उनको तिघ्रा तथा जाँघको हड्डी भाँचिएपछि शल्यक्रिया गरी स्टील राखिएको परिवारले जनाएको छ ।

परिवारका अनुसार उपचारमा अहिलेसम्म करिब २ लाख रुपैयाँ खर्च भइसकेको छ । तर, आरोपित पक्षले उपचार खर्च नबेहोर्दै प्रहरीले उनलाई रिहा गरेको परिवारको आरोप छ ।

प्रहरीबाट उचित निकास नपाए विभागीय उजुरी गर्नुका साथै अदालतमा मुद्दा दायर गर्ने तयारीमा रहेको राजारामले बताएका छन् ।

यता, प्रहरीले आरोपितलाई कुन आधारमा रिहा गरेको हो भन्ने विषयमा पीडित पक्षले प्रश्न उठाएको छ । परिवारले घटनाको निष्पक्ष छानबिन गरी दुर्घटनाका आरोपितमाथि कानुनी कारबाही तथा घाइतेको उपचार खर्च उपलब्ध गराउन माग गरेको छ ।

यता, डिएसपी पाण्डेले भने बिना उजुरीको मान्छेलाई धेरै बेरसम्म हिरासतमा राख्न नमिल्ने बताए । उनले पीडित भनिएका राजाराम यादवलाई पटक पटक फोन गरी छलफलमा आउन, उजुरी दिन आग्रह गरेपनि अटेरी गर्ने, घमण्ड प्रदर्शन गर्ने, नआउने जस्ता कार्य गरेपछि बाध्यतावँश रिहा गर्नुपरेको बताए । 

उनले आज दिनभर आरोपित महरा ईलाका प्रहरी कार्यालय मिर्चैयामा राखेपनि पीडित परिवारको तर्फबाट कोही नआउँदा छलफल समेत हुन नसकेको बताए । उनले प्रहरी कार्यालयमा आरोपितको मोटरसाईकल सोही दिनदेखि थन्काईएको बताए । उनले कानुन बमोजिम समयमा उजुरी नदिए २४ घण्टाभन्दा अधिक हिरासतमा राख्न मिल्ने आधार नभएको बताए । 

उजुरी गर्न पटक पटक भनेपनि उजुरी नगरेपछि बाध्यता छाडिएको दाबी डिएसपी पाण्डेले गरे ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धर्मान्तरणको आरोप लागेको मदरसामाथि चल्यो बुलडोजर, ६ दिनमा मदरसा पारियो ध्वस्त

  • २०८३ भदौ १७ बुधबार

भारत । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा धर्मान्तरणको आरोप लागेको एक मदरसामा प्रशासनले बुलडोजर चलाएको छ । रतनपुरी क्षेत्रको फुलत गाउँमा रहेको दारुल उलूम रहीमिया मदरसाको संरचना ६ दिनसम्म लगातार कारबाही गरेर

पूरा पढ्नुहोस्

Bureau Menus