न्यूज ब्यूरो, राजविराज । सप्तरीको राजविराजस्थित रहेको गजेन्द्र नारायण सिँह अस्पताल (प्रादेशिक) मा एक प्रसुति महिलालाई बेड नदिएको आरोपपछि ६ जना कर्मचारीलाई कामकाजबाट हटाईएको छ ।
राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानको गत बुधबार बिहान ४ः०० बजे सडक पेटीमा प्रसुति गर्न बाध्य बनाएको आरोपमा सो अस्पतालका ६ जना कर्मचारीलाई कामकाजबाट हटाएको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रणजीत कुमार झाद्धारा हस्ताक्षरित पत्रमा अस्पतालमा कार्यरत डा. उषा देव, स्टाफ नर्स मनिषा कुमारी साह, सजन चौधरी, कार्यालय सहायक रेणु ठाकुर र स्वीपर कृष्णा मेस्तरलाई हटाएको जनाईएको छ ।
बबितालाई भर्ना नलिएको सन्दर्भमा सिसिटिभी फुटेजको आधारमा छानबिन अनुसन्धान सुरु गरेको भन्दै छानबिन समाप्त नभएसम्म तथा अर्को निर्णय नआएसम्म उनीहरुलाई कामकाजबाट हटाईएको उल्लेख छ ।
दुई श्रीमति राखेका मनान हुसैनको अर्की युवतिसँग भिडियो भाइरलपछि भ्रमरपुरामा छियाछिया
- २०८३ भदौ २६ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका मनान हुसैन (राईन) को एक निजी अश्लिल भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको गाउँमा छियाछिया सुरु भएको छ । गल्फ समाज सेवा संस्थाका
पूरा पढ्नुहोस्




