दुबईबाट इजरायल जाँदै गरेको विमानमा कोपाइलटले क्याप्टेनमाथि चक्कु प्रहार गरे, भारतीय यात्रुले जोगाए १७४ जनाको ज्यान

२०८३ असोज १५ बिहीबार
बिहान १०:१९ बजे
न्यूज ब्यूरो, डेस्क

दुबई । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाईदुबईको विमानभित्र कोपाइलटले क्याप्टेनमाथि चक्कु प्रहार गर्दै विमान नियन्त्रणमा लिने प्रयास गरेपछि ठूलो त्रासदी टरेको छ।

फ्लाईदुबईको उडान नम्बर FZ1073 मा बुधबार भएको घटनापछि विमानलाई आकस्मिक रूपमा साउदी अरबको ताबुकस्थित प्रिन्स सुल्तान बिन अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो। विमानमा १७४ यात्रु रहेको विवरण सार्वजनिक भएको छ।

रिपोर्टअनुसार उडानका क्रममा कोपाइलटले क्याप्टेनमाथि पटक–पटक चक्कु प्रहार गरेका थिए। त्यसपछि विमान तीव्र रूपमा तल झर्न थालेको थियो। करिब एक मिनेटमै विमान ३३ हजार फिटबाट १७ हजार फिटसम्म झरेको विवरण सार्वजनिक भएको छ। विमानको पछाडिको रडरमा समेत क्षति पुगेको बताइएको छ।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि केही यात्रु र चालक दलका सदस्य ककपिटमा प्रवेश गरी आक्रमणकारी कोपाइलटलाई नियन्त्रणमा लिन सफल भएका थिए। घाइते अवस्थामा रहेका क्याप्टेनले समेत प्रतिरोध गर्दै ककपिटको ढोका खोल्न सहयोग गरेको र त्यसपछि यात्रुहरूले कोपाइलटलाई नियन्त्रणमा लिएको रिपोर्टमा उल्लेख छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घटनामा क्याप्टेनसहित यात्रुहरूको भूमिकाका कारण ठूलो दुर्घटना टरेको बताएका छन्। क्याप्टेन भारतीय नागरिक स्मित मच्छार रहेको र उनी घाइते भए पनि अवस्था स्थिर रहेको भारतीय दूतावाससम्बन्धी विवरणमा उल्लेख छ।

घटनापछि साउदी अधिकारीहरूले कोपाइलटलाई पक्राउ गरी सोधपुछ गरेका छन्। इजरायली अधिकारीहरूले घटनालाई आतंकवादी आक्रमणको कोणबाट समेत अनुसन्धान गरिरहेका छन्। तर घटनाको वास्तविक उद्देश्य वा आक्रमणको कारण भने अहिलेसम्म सार्वजनिक रूपमा पुष्टि भएको छैन।

इजरायली अधिकारीहरूले घटनापछि इजरायल आउने विमानका पाइलटहरूको सुरक्षा जाँच थप कडा बनाउने बताएका छन्। फ्लाईदुबईले भने घटनाका कारण र उद्देश्यबारे अनुसन्धान भइरहेको भन्दै प्रारम्भिक अनुमानबाट बच्न आग्रह गरेको छ।

केही इजरायली सञ्चारमाध्यमले आक्रमणमा संलग्न कोपाइलट ओमानी नागरिक रहेको उल्लेख गरेका छन्। 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा

  • २०८३ असोज १५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो ।  विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने

पूरा पढ्नुहोस्

Bureau Menus