सिरहाका युटुबर मनोज मानवको बन्दीप्रत्यक्षीकरण रिट खारेज

२०८३ असोज १५ बिहीबार
बेलुकी ६:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिविरुद्ध आपत्तिजनक तथा धम्कीपूर्ण सामग्री सम्प्रेषण गरेको आरोपमा पक्राउ परेका ‘मनोज मानव’ भन्ने मनोजकुमार महतोले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट अदालतले खारेज गरेको छ।

महतोले जिल्ला प्रहरी कार्यालय सिरहासहित तीन जनालाई विपक्षी बनाई बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

सिरहा जिल्ला अदालतको संयुक्त इजलास नं। २ का न्यायाधीश रामबहादुर थापा र काजीबहादुर राईको इजलासले २०८३ साल असोज १५ गते उक्त रिट खारेज गर्ने फैसला गरेको अदालतको आदेशमा उल्लेख छ।

महतोविरुद्ध दायर रिटको मुद्दा नम्बर ०५–०८३–००५८३ (०८३–WH–००५) रहेको छ।

सिरहा प्रहरीले महतोलाई असोज ४ गते उदयपुरको चतरा पुलपारिको एक होटलबाट पक्राउ गरेको थियो। उनीविरुद्ध साइबर अपराध तथा सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा जाहेरी परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महतोले सामाजिक सञ्जालमार्फत जनप्रतिनिधि, पत्रकार, उद्योगी, व्यवसायी, राजनीतिकर्मी तथा राष्ट्रसेवक कर्मचारीलगायतलाई लक्षित गरी आधारहीन तथा धम्कीपूर्ण सामग्री पोस्ट गरेको आरोप छ। साथै, आफू पूर्वलडाकु भएको र आफूसँग स्वचालित हतियार रहेको भन्दै धम्की दिएको तथा हतियारको तस्बिर देखाएर आपराधिक लाभ लिएको सूचनासमेत प्राप्त भएको प्रहरीले जनाएको छ।

अदालतबाट बन्दीप्रत्यक्षीकरण रिट खारेज भएपछि महतोको पक्राउविरुद्ध दायर गरिएको उक्त रिटबाट तत्काल राहत नपाएको देखिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषा–३(२) बाट कांग्रेस प्रदेश प्रतिनिधिमा दीपक ठाकुरको उम्मेदवारी

  • २०८३ असोज १५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनुषा–३(२) बाट युवा नेता दीपक कुमार ठाकुरले प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् । जनकपुरधाम–८ निवासी ठाकुर इन्जिनियरिङ पृष्ठभूमिका साथै शिक्षा क्षेत्रमा सक्रिय छन्

पूरा पढ्नुहोस्

Bureau Menus