अजयको पर्खाइमा पूजाः बाढी आएको दिनदेखि हराए, ३५ दिन बित्दा पनि फर्किएनन्

२०८३ असोज १८ आइतबार
बिहान ०८:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । रसुवामा आएको विनाशकारी बाढीले धेरै परिवारलाई उजाड बनायो । कतिपयले आफन्त गुमाए, कतिपयले शव पाए । तर अजय कुमार सिंहको परिवार भने अझै ‘उनी फर्किन्छन् कि’ भन्ने आशामै दिन काटिरहेको छ ।

२०८३ साल भदौ १० गते रसुवामा बाढी आएपछि अजय कुमार सिंह बेपत्ता भएका हुन् । बाढी आएको सोही दिनदेखि उनी परिवारको सम्पर्कमा छैनन् । ३५ दिन बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन ।

अजयकी श्रीमती पूजा साहका लागि भने समय बित्दै जानु पीडामाथि पीडा थपिनुजस्तै भएको छ । तर उनले अझै श्रीमान् फर्किने आशा मारेकी छैनन् ।

बाढी आएको दिनदेखि अजयसँग सम्पर्क हुन सकेको छैन । परिवारले सम्भावित स्थानमा खोजी तथा सम्बन्धित निकायसँग समन्वयको प्रयास गर्दै आए पनि अहिलेसम्म उनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन ।

‘उहाँको केही खबर आउँछ कि भनेर अझै पर्खिरहेकी छु,’ पूजाको आशा अझै टुटेको छैन । उनका लागि अजयको खोजी केवल एउटा बेपत्ता व्यक्तिको खोजी होइन, आफ्नो जीवनसाथीको प्रतीक्षा हो ।

रसुवाको बाढीपछि धेरै परिवारले आफ्ना आफन्तको अवस्था थाहा पाउन संघर्ष गरेका छन् । कसैले आफन्तको शव पाए, कसैले पहिचानको प्रतीक्षा गर्नुपर्‍यो । तर अजयको परिवार भने अझै उनी जीवितै फर्किने आशामा छ ।

दिन बित्दै गए पनि पूजाको प्रतीक्षा रोकिएको छैन । बाढीले अजयलाई कहाँ पुर्‍यायो भन्ने उत्तर न परिवारसँग छ, न अहिलेसम्म कुनै निकायबाट ठोस जवाफ आएको छ ।

बाढी आएकै दिनदेखि सम्पर्कविहिन भएका अजयको २ दिनपछि जिपिएस लोकेन ट्रेस भएको थियो । त्यसपछि उनको कुनै अत्तोपत्तो भएनन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

धनौजी गाउँपालिकाको १५औँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, ६० करोड ५५ लाखको बजेट अनुमान

  • २०८३ असोज १८ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै रु. ६० करोड ५५ लाख

पूरा पढ्नुहोस्

Bureau Menus