न्यूज ब्यूरो, जनकपुरधाम । गोलबजार नगरपालिका–७ का कासिन्द्र यादवलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत साउन १४ गते गोलबजारमा भएको साम्प्रदायिक दंगा, आगजनी, हुलदङ्गा तथा जातीय विद्वेष फैलाएर शान्ति भंग गरेको आरोपमा यादवलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार यादवसहित ४६ जनाविरुद्ध यसअघि नै मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यादव पक्राउ परेपछि विभिन्न हिन्दुवादी संगठनले विरोध जनाएका छन् । उनीहरूले यादवसहित पक्राउ परेका तीनै जनालाई रिहा गर्न माग गरेका छन् ।
प्रहरीले भने पक्राउ परेकामाथि लागेको आरोपबारे अनुसन्धान भइरहेको जनाएको छ ।
WorldLink को महेन्द्रनगर ईस्ट ब्रान्चद्वारा वीरेन्द्रबजार फुटबल टिमलाई जर्सी वितरण, टीम बिजयी
- २०८३ असोज १६ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । महेन्द्रनगर ईस्ट ब्रान्चले वीरेन्द्रबजारका फुटबल खेलाडीहरूलाई टिम जर्सी वितरण गरेको छ । स्थानीय स्तरमा रहेका खेलाडीहरूको प्रतिभा र उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्यले महेन्द्रनगर ईस्ट ब्रान्चले फुटबल टिमका
पूरा पढ्नुहोस्


