जनकपुरः औरही खोला किनारको क्रसर उद्योगमा टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु, एक गम्भिर

२०८३ असोज १५ बिहीबार
बिहान १०:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–३, लालभित्तीस्थित औरही खोला किनारमा सञ्चालित क्रसर उद्योगमा टिपर पल्टिँदा उद्योग सञ्चालकको मृत्यु भएको छ ।

ग्राभेल लोड गरिएको टिपर क्रसर उद्योगभित्रै पल्टिँदा त्यसमा रहेको ग्राभेलले पुरिएर क्रसर सञ्चालक ३८ वर्षीय हरी महतो गम्भीर घाइते भएका थिए ।

क्रसरबाट ग्राभेल ओसार्ने क्रममा टिपर पल्टिएपछि महतोलाई उद्धार गरी उपचारका लागि जनकपुरस्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो ।

तर उपचारका क्रममा चिकित्सकले महतोलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ । एक जना गम्भिर घाईते भएको जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ । टिपर पल्टिनुको कारण तथा दुर्घटनासँग सम्बन्धित अन्य विवरणसमेत अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 50%
  • 50%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०८३ असोज १५ बिहीबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus