
बुद्ध जयन्तिको सार्बजानिक बिदा हामि चिया गफमा थियो । म संगै गएको भाइले भन्यो बुद्धको देश भनेर विश्वमा चिनिने नेपालमा किन कम व्यक्तिले बुद्ध धर्म मान्दछ ? अनि बुद्ध धर्मले त् हत्या हिंसा नगर्नु भन्छ अनि फेरी यहि दिन किन बोका, परेवा लगायतको बलि चढाउछ ? बुद्ध दर्शन किन पदनु परेको होला ? अर्को एक युवकले थप्दै भन्यो हामि त् मेडिकल तिरको डिप्लोमा तह पढ्दै छु यो बुद्ध धर्म किन पढ्नु परेको होला ?
मनमा कोतुहलता हुन् स्वाभाविक होला झन बेला बेला समाचार आउछ बुद्ध त् अर्कै देशमा पो जन्मेको अरे । मनमा पिडा लागेर आउछ हामि बच्चै देखि पढ्दै आएको छौ सिद्धार्थ गौतम नेपालको कपिल बस्तुमा जन्मेको हो भनेर । उनै सिद्धार्थ गौतम , बुद्ध भए अनि बुद्धको उपदेश मान्नेहरु बौद्ध मार्गी भए ।
सन् २०२१ को जनगणना अनुसार नेपालमा ९ प्रतिशतले बुद्द धर्म मान्दछ । एक अधयन अनुसार कम्बोडिया ,९६.८० प्रतिशत , थाईलैंड ९२.६० प्रतिशत , म्यान्मार ७९ प्रतिशत, भुटान ७४ .७० प्रतिशत र श्रीलंका ६८.६० प्रतिशतले बुद्ध धर्म मान्ने गरेको तथ्य छ ।
दर्शन भन्नाले प्रकृति,ज्ञान बिज्ञान बारे बिबेचना र बिस्लेशन गर्ने तरिका होर यसले जीवनको बिषयबस्तुलाई अध्यन गर्दछ । दर्शन लाई हिन्दु ,बौध इत्यादि भनेर नामकरण गर्न सकिन्छ।
बौध धर्मका धार्मिक ग्रन्थ त्रिपिटक हो रज्ञान ,सत्कर्म,असिंसा बौद्ध धर्मको आदर्श हो, सत्य बोल्नु , हिँसा नगर्नु, मध्यपान नगर्नु यसको मूल मान्यता हो । लोभ लालच स्वार्थनै दुख्खको कारण होर स्तुपा, गुब्मा बौध धर्मको मुख्य धार्मिक स्थल हो । बौध धर्मालम्बीको मुख्य पर्ब बुद्ध जन्ती हो ।
बौद्ध धर्मलाई बुद्ध धर्म वा धर्मशास्त्र भनिन्छ। यो धर्म सिद्धार्थ गौतम बुद्ध द्वारा स्थापित गरिएको थियो। यो धर्म शान्ति, समता, तथा करुणाको बारेमा बर्णन गर्दछ।
बुद्धले करिब ४५ बर्ष जति तत्कालिन भारतबर्ष का धेरै ठाउमा उपदेश दिएकोले तसर्थ उनलाई अरु देशले दाबी गर्न सक्ला तर बुद्ध नेपालको हो । बुद्ध धर्मले पंचशील को आदर्श लाई मान्दछ यसको अर्थ हिंसा नगर्नु ,चोरी नगर्नु , झुटो नबोल्नु , व्यभिचार नगर्नु , मध्यपान नगर्नु हो । बुद्धले असल सोचन , असल बोल्न प्रेरणा दिन्छ रिस र मोहलाई त्यागेर संयमको पालना गर्नु सक्नु पर्छ भन्ने संदेश दिन्छ यसले व्यक्ति लाई मानशिक पिडा हुन् बाट बचाउछ ।
स्वास्थ्यको दृस्टीकोण बाट हानीकार र रोग लगाउन सक्ने तत्व बाट बच्नु पनि संयम हो । बोलीमा ,खानपिन , सोचा बिचारमा संयम हुनुनै अनुसासित र स्वास्थ्य जीवन जिउनु हो ।
बौद्ध परम्परा अनुसार चार आर्य सत्य लाई स्वीकार गर्नु पर्छ , संसारमा दुख्ख छ । दुख्ख को कारण छ, दुख्ख्को निवारण छर निवारणको लागि आठ उपाय छ ।
बौद्ध धर्मले एउटा स्वस्थ जीवन शैली बढाउँछ, जसमा नियमित व्यायाम, समतुल्य खाना, र शराब र नशामुक्तता जस्ता हानिकारक वस्तुहरूबाट बच्च्ने छ। यसले धेरै जसो नसर्ने रोग हरुबाट बचाउदछ ।
बौद्ध धर्ममा स्थायी ध्यान गर्ने एउटा महत्वपूर्ण व्यायाम हो। ध्यान एउटा तकनीक हो जसले मनलाई वर्तमान क्षणमा ध्यान दिन तथा तनाव, चिन्ता र उदासीनता कम गर्न सहयोग पुर्याउँछ। अध्ययनका अनुसार, नियमित ध्यानले रक्तचाप तल गर्न सहयोग पुर्याउँछ, प्रतिरक्षा प्रणाली सुधार गर्दछ र यसले शारीरिक मानशिक , सामाजिक रुपले स्वास्थ्य रहन सहयोग गर्दछ ।
बुद्ध धर्मले दुःखलाई दूर गर्न, सुखको लागि मार्ग बताउन, स्वयम् विकास गर्न र अन्यहरूलाई सहयोग गर्न सिकाउँछ। यो धर्म मानिसहरूलाई यो समयको जीवन र समस्याहरूको समाधान खोज्न सिकाउँछ।
बौद्ध धर्मले शरीर र मनको सङ्गममा ठूलो जोड़ राख्दछ, यसले शारीरिक स्वास्थ्य धेरै महत्त्व दिन्छ र मानसिक र भावनात्मक समृद्धि बौद्ध शिक्षाले दिन्छ। वास्तवमा, बुद्ध शिक्षाले उत्तम शारीरिक स्वास्थ्य आधारभूत छ, जसले आध्यात्मिक विकासमा पूर्वशर्त मानिन्छ।
बुद्ध धर्मले सिकाएको पाठ हरुलाई ब्यबहारमा लागु गर्न सकेको जिबन को जनस्वास्थको दर्शन स्वास्थ्य प्रबर्धन ,रोग रोकथाम, सजिलै संग संग गर्न सकिन्छ र असल जिबनको मार्ग दर्शन भएकोले यो शिप सबै सबले पालना गर्नु आबश्यक देखिन्छ ।
बच्चा खेलाउँदै बाँदर
- २०८० बैशाख २२ शुक्रबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्