अहिलेसम्म हारेका पोखरा एभेन्जर्स र जनकपुर बोल्टस् भिडदै, कसले जित्ला ?

२०८२ मङ्सिर १२ बिहीबार
बिहान ०९:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रिमियर लिगमा आज पोखरा एभे्न्जर्स र जनकपुर बोल्टस खेल्ने भएको छ । आज दिउँसो ४ बजेदेखि हुने दोस्रो खेलमा दुई जितविहीन टोली भिड्दै छन् । जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स दुवैले हालसम्म खेलेका २ वटै खेल हारेका छन् ।

जनकपुर काठमान्डु गोर्खाज र विराटनगर किङ्ससँग पराजित भएको थियो भने पोखरा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

गत संस्करणमा भएको खेलमा जनकपुरले पोखरामाथि ७ विकेटको जित हासिल गरेको थियो ।

अंकतालिकामा हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अंकसहित छैटौं स्थानमा छ ।

जनकपुर र पोखरा २ खेलमा अंकविहीन रहँदै क्रमशस् सातौं र आठौं स्थानमा छन् ।

आज बिहानको खेल भने  लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

पौने १२ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनीले अपराजित सुदूरपश्चिमको सामना गर्न लागेको हो । लुम्बिनीले ३ खेल खेल्दा १ जित र २ हारको नतिजा निकालेको छ । सुदूरपश्चिमले ३ खेल खेल्दा ३ वटै जितेको छ ।

यस खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान र उपकप्तानबीचको भिडन्त पनि रहनेछ ।

लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई हराउँदा त्यसपछि कर्णाली याक्स र काठमान्डु गोर्खाजसँग पराजित भएको छ ।

सुदूरपश्चिमले काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स र कर्णाली याक्ससँगको खेल जितेर आएको छ । हालसम्म अपराजित रहने सुदूरपश्चिम एक्लो टोली हो ।

दुई टोलीबीच गत संस्करण भएको खेलमा सुदूरपश्चिम विजयी भएको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'

  • २०८२ मङ्सिर १२ बिहीबार

जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,

पूरा पढ्नुहोस्

Bureau Menus