रोशनी झा मृत्यु प्रकरणः ससुरा पक्राउ, माइतीपक्षद्धारा हत्या भएको दाबी, ससुरा पक्षले अनुसन्धानमा सहयोग गरेको दाबी

२०८२ मङ्सिर १५ आइतबार
बेलुकी ७:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ कटैयाचौरीमा २७ वर्षीया रोशनी झाको रहस्यमय मृत्युपछि घटनाले नयाँ मोड लिएको छ। माइती पक्षले हत्या भएको आरोप लगाएपछि प्रहरी प्रशासन सक्रिय बन्दै रोशनीका ससुरा रुद्रनारायण मिश्रलाई नियन्त्रणमा लिएको हो।

बिहीबार राति रोशनी भर्‍याङबाट लडेपछि गम्भीर घाइते भएको र उपचारका क्रममा गोदावरी अस्पतालमा मृत्यु भएको दाबी ससुराली पक्षले गर्दै आएको छ।
तर, माइतीपक्षले यो घटनालाई योजनाबद्ध हत्या ठहर गर्दै रोशनीका श्रीमान प्रशान्त मिश्र, ससुरा रुद्रनारायणसहित अन्य परिवारका सदस्यहरू संलग्न रहेको आरोप लगाएका छन्।

माइती पक्षका अनुसार रोशनीले पासो लगाएर आत्महत्या गरेको भन्दै ससुराली पक्षले आफूहरूलाई छल्न प्रयास गरेको छ। तर घटनास्थलमा जलाइएका कपडा तथा अन्य अवशेष भेटिनु, परिवारजनले पटक–पटक अभिव्यक्ति परिवर्तन गर्नु लगायतका तत्वले शंका थपिएको उनीहरूको आरोप छ।

रोशनीका मामा पंकज झाले घाँटी थिचेर हत्या गरिएको सम्भावना प्रबल देखिएको दाबी गरेका छन्। उनले घटनापछि प्रमाण नष्ट गर्न रोशनीका श्रीमान प्रशान्त, डा। धिरज झा, प्रशान्तकी बहिनी र भिनाजुको भूमिका रहेको आरोप पनि लगाएका छन्।

यता, ससुराली पक्षले भने आफैँ झुण्डिएको दाबी गर्दै आएका छन् । उनीहरुले प्रहरीको अनुसन्धानमा पुरापुरी सहयोग गरिहेको बताएका छन् । 

प्रहरी निरीक्षण र किटानी जाहेरी दर्ता

धनुषाका प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरले घटनास्थलको प्रत्यक्ष निरीक्षण गरेपछि मृत्यु शंकास्पद रहेको प्रतिक्रिया दिएका छन्।
पहिले किटानी जाहेरी लिन आनाकानी गरे पनि चौतर्फी दबाबपछि आइतबार प्रहरीमा किटानी जाहेरी दर्ता गरिएको छ।

यही निरीक्षणपछि एसपी कुँवरले घरमै रहेका रोशनीका ससुरा रुद्रनारायण मिश्रलाई पक्राउ गराइएको हो। घटना अब विस्तृत अनुसन्धानतर्फ अघि बढेको प्रहरीको भनाइ छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०८२ मङ्सिर १५ आइतबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus