न्यूज ब्यूरो, सिरहा । सिरहामा एक गरिब परिवारले उब्जाएको धानमा आगो लगाइदिएको घटना बाहिरिएको छ । सिरहाको धनगढीमाई नगरपालिकास्थित धान काटेर राखिएको कुन्यू (बोझा) मा आगो लगाइदिएको हो ।
शनिबार राती उनको आफ्नै घर नजिक काटेर राखिएको धानको कुन्यू (बोझा) मा अज्ञात व्यक्तिले आगो लगाइदिएको हो ।
स्थानीय लाले कुमार सदायले आफ्नो ८ कठ्ठा खेतमा लगाएको धान भित्र्याउने बेलामा अज्ञात व्यक्तिले आगो लगाएर नष्ट पारिदिएको हो । धान पेलाउनको लागि राखिएको कुन्यूमा स्थानीय केही व्यक्तिले व्यक्तिगत रिसबीको कारण आगो लगाएर नष्ट पारिदिएको आरोप छ ।
धनगढीमाई वडा नं. ३ अल्हुवा बाँध टोल बस्ने सदाय परिवारलाई धान जलाईदिएपछि सालभरि खान गाह्रो हुने जनाएको छ । लालेका अनुसार, दुई जनामाथि किटानी जाहेरी दिएको हो ।
यता, ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाले घटनास्थलको मुचुल्का गरी लगिएको छ भने अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै
- २०८२ मङ्सिर १६ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज (बुधबार) विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले मँगलबार पत्रकार सम्मेलन गर्दै आज दिउँसो २ बजे विश्वासको मत लिने
पूरा पढ्नुहोस्




