नेपाली कम्युनिस्ट पार्टीले २० गते जनकपुरमा सभा गर्दै

२०८२ मङ्सिर १७ मंगलबार
रति ८:४२ बजे
बिजय ठाकुर

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर २० गते जनकपुरधाममा बिशाल एकता सन्देश सभा आयोजना गर्ने भएको छ। १७ वटा विभिन्न राजनीतिक दलहरू मिलेर बनेको नेकपाले जनकपुरधामको तिरहुतिया गाछीमा सभा गर्न लागेको हो।
नेकपाका नेता महेन्द्र राय यादवका अनुसार पार्टीको संगठनात्मक सुदृढीकरण तथा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन को तयारीस्वरूप देशका विभिन्न प्रदेशहरूमा शीर्ष नेताहरू सहभागी हुने गरी सन्देश सभा आयोजना हुँदै आएको छ। सोही क्रममा जनकपुरधाममा हुने सन्देश सभाले पार्टी एकता प्रक्रियालाई थप मजबुत बनाउने उनले बताए।
उनका अनुसार सन्देश सभामार्फत एकताको सन्देश फैलाउने, आगामी निर्वाचनका लागि तयारी जुटेको देखाउने र कार्यकर्तामा उत्साह जगाउने उद्देश्य राखिएको छ।
मधेश प्रदेशका ८ वटै जिल्लाबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ता सहभागी गराउने तयारी भएको छ। सभामा ४० हजारभन्दा बढी सहभागिता हुने नेकपाले अनुमान गरेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा नीजि अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन निरन्तर

  • २०८२ मङ्सिर १७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  निजी अस्पतालका स्वास्थ्यकर्मीहरु बिहिबार पाँचौ दिन पनि आन्दोलन जारी राख्ने भएको छ ।  विभिन्न माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरु बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रानलय र जिल्ला प्रशासन कार्यालय

पूरा पढ्नुहोस्

Bureau Menus