मधेशमा नयाँ सरकार गठनको लागि आह्वान, तीन महिनामा तेस्रो मुख्यमन्त्री फेरिदैँ

२०८२ मङ्सिर १९ बिहीबार
बिहान ०७:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गरेका छन्। सर्वोच्च अदालतको परमादेशपछि प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने सम्भावना कमजोर देखिएपछि मुख्यमन्त्री यादवले प्रदेशसभामै संविधानको धारा १६९(१)(क) अनुसार पदत्यागको घोषणा गर्दै केही मिनेटमै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका थिए। प्रदेश प्रमुख कर्णले सो राजीनामा तत्क्षण स्वीकृत गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले सार्वजनिक गरेको सूचनामा मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत भएको पुष्टि गरिएको छ। साथै संविधानको धारा १६९(३) बमोजिम अर्को व्यवस्था नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई नै कामचलाउ सरकारका रूपमा जिम्मेवारी सम्हाल्न प्रदेश प्रमुख कर्णले निर्देशन दिएको उल्लेख छ।

सर्वोच्च अदालतको परमादेशअनुसार प्रदेशमा नयाँ सत्ता–व्यवस्था निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएपछि प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने बताएका छन्।

त्यसैगरी, प्रदेश प्रमुख कर्णले आजै सूचना जारी गर्दै संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आगामी शुक्रबार १९ गते साँझ ५ बजेसम्मको समय दिएका छन्।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'

  • २०८२ मङ्सिर १९ बिहीबार

जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,

पूरा पढ्नुहोस्

Bureau Menus