न्यूज ब्यूरो, जनकपुरधाम । समावेशीताको सिद्धान्तलाई प्राथमिकतामा राख्दै नेकपा एमालेले तयार पारेको समानुपातिक प्रतिनिधित्वको प्रस्तावित सूचीमा मधेशी समुदायबाट तीन जनाको नाम अघि सारिएको छ। आइतबार निर्वाचन आयोगमा बुझाइने सूचीमा मधेशी क्लस्टरअन्तर्गत दुई महिला र एक पुरुषलाई समेटिएको जनाइएको छ।
पार्टी स्रोतका अनुसार मधेशी महिलातर्फ रिंगला यादव र यशोदा कुमारीलाई प्रस्ताव गरिएको छ भने पुरुषतर्फ चन्द्रेश्वर मण्डलको नाम सिफारिस गरिएको छ। यसरी मधेशी समुदायबाट महिलाको सहभागिता सुदृढ बनाउन दुई महिला र एक पुरुषलाई समावेश गरिएको बताइएको छ।
एमालेले तयार पारेको समानुपातिक सूचीमा मधेशी मात्र होइन, अन्य विभिन्न समुदायको प्रतिनिधित्वलाई पनि समेटिएको छ। सूचीमा आदिवासी जनजाति, खास आर्य, दलित, थारू, मुस्लिम तथा पिछडिएको क्षेत्रका व्यक्तिहरूलाई समेत स्थान दिइएको छ।
प्रस्तावित संरचनाअनुसार एमालेले कुल १६ सिट पाएको छ। तीमध्ये १० जना महिला र ६ जना पुरुष रहेका छन्। आदिवासी जनजाति क्लस्टरबाट महिला तर्फ भूमिका सव्वा र गंगादेवी श्रेष्ठ तथा पुरुषतर्फ रामबहादुर थापा मगर र कुलमन्त शाक्य गरी चार जनाको नाम समावेश गरिएको छ।
त्यसैगरी खास आर्य क्लस्टरबाट चार जनाको नाम सिफारिस गरिएको छ, जसमा महिलातर्फ पद्मा अर्याल र दुकाश्रा हमाल रहेका छन् भने पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेल रहेका छन्।
पिछडिएको क्षेत्रतर्फ एषुदा कुमारी बरालको नाम समावेश गरिएको छ। थारू समुदायबाट कुपराम रानालाई सिफारिस गरिएको छ भने दलित क्लस्टरबाट विष्णुमाया वि।क। र निता ध्वानीलाई प्रस्ताव गरिएको छ।
यस्तै मुस्लिम समुदायबाट साजिदा सिद्धिकीको नाम समानुपातिक सूचीमा समावेश गरिएको बताइएको छ।
जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए
- २०८२ चैत १ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,
पूरा पढ्नुहोस्




