शहिदनगरको जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए नियोजित घटनाको आरोप

२०८३ असार ५ शुक्रबार
रति ८:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका जेसिब (ब्याकहोय लोडर) मा गएराती आगलगी भई जलेर ध्वस्त भएको छ । 

गएराती नगरपालिकाले खरिद गरेको जेसिबीमा आगलगी हुँदा जलेर ध्वस्त भएको हो । धेरैदिनदेखि बिग्रेको भनेर भनेपछि गएराती अचानक आगलगी भएपछि मेयर दिनेश प्रसाद यादवमाथि शंका गरिएको छ । 

शहिदनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उमेश निराला र पूर्व मेयर समेत रहेका उदय कुमार बरबरियाले वर्तमान मेयर दिनेश प्रसाद यादवले सुनुयोजित रुपमा जेसिबीमा आगो लगाएको आरोप लगाएका छन् । 

बिग्रिएर राखिएको भन्दाभन्दै कुन प्रयोजन, कुन योजनाको लािग जेसिबी सँचालन भएको भन्दै मेयर यादवमाथि वडाध्यक्ष निरालाले तँज कसेका छन् । मेयर यादवकै संलग्नतामा जेसिबी जलेको आरोप उनले अप्रत्यक्ष रुपमा लगाएका छन् । 

यस्तै, पूर्व मेयर उदय कुमार बरबरिया (यादव) ले समेत मेयर यादवमाथि आरोप लगाएका छन् । कार्यपालिका बैठकमा १ दिन अगाडि मात्रै जेसिबी बिग्रिएको भनेर जानकारी गराइयो। तर त्यसको भोलिपल्ट रातारात कृषि सडक बनाउन त्यही जेसिबी कसरी पुग्यो ? यदि मेसिन बिग्रिएको थियो भने सञ्चालन कसरी भयो ? यदि सञ्चालन योग्य थियो भने कार्यपालिकामा गलत जानकारी किन दिइयो ? जनतालाई भ्रममा पार्ने, चोर बाटोबाट बैठक बसाल्ने र घटनापछि जिम्मेवारीबाट भाग्ने काम स्वीकार्य हुँदैन। यस विषयमा मेयरले तत्काल सार्वजनिक रूपमा स्पष्ट जवाफ दिनुपर्छ र निष्पक्ष छानबिन हुनुपर्छ ।”– उनले लेखेका छन् । 

जेसिबी जलेको पोष्ट मेयर यादवकै गाडी चालकले सर्वप्रथम फेसबुकमा, टिकटकमा राखेपछि मेयरमाथि शंका उब्जिएको हो । एक भिडियोमा मेयर यादवको आवाज सुनिएको दाबी गरिएको छ । 

यता, मेयर दिनेश प्रसाद यादवसँग सम्पर्क गर्न खोज्दा उनको मोबाईल स्वीच अफ आएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८३ असार ५ शुक्रबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus