एआई एक्सरेबाट क्षयरोग पहिचान , सुरुङ्गा–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०८३ भदौ १६ मंगलबार
रति ९:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्युरो, राजविराज । सप्तरीका सुरुङ्गा नगरपालिका–०२ स्थित स्वास्थ्य चौकी हर्दिया, भेडियामा एआई एक्सरे प्रविधिमार्फत क्षयरोग पहिचान गर्ने उद्देश्यले एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएका छन्।

शिविरमा एआई एक्सरे प्रविधिको प्रयोग गरी सम्भावित क्षयरोगका बिरामी पहिचान तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको बताइएका छन्।

प्रविधिको प्रयोगबाट समुदायमै क्षयरोगको प्रारम्भिक पहिचान गर्न सहज हुने आयोजकको भनाइ छ।

कार्यक्रममा क्षयरोग सम्पर्क व्यक्ति नवल किशोर चौधरी, स्वास्थ्य चौकी प्रमुख इन्द्र नारायाण चौधरी, स्वास्थ्य शाखा प्रमुख दशन चौधरी तथा सह–संयोजक भूषण सुनरैतको सहभागिता रहेका थिए। त्यस्तै, प्रदेश निर्देशनालय कार्यालयका अधिकृत राजवीर यादव विशिष्ट अतिथिका रूपमा उपस्थित भएर अनुगमन गरेका थिए।

शिविरका आयोजनासम्बन्धी जानकारी दिँदै बागमती सेवा समाज नेपाल, सप्तरीका जिल्ला संयोजक दुर्गानन्द झाले समुदायस्तरमै आधुनिक प्रविधिको प्रयोगमार्फत क्षयरोग पहिचान तथा नियन्त्रणमा सहयोग पुग्ने बताए छन्।

उनका अनुसार क्षयरोग समयमै पहिचान गरी उपचार सुरु गर्न सकेमा यसबाट हुने जटिलता तथा संक्रमणको जोखिम कम गर्न सकिन्छ। यस्ता निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण तथा समुदायस्तरका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ रहेका छन्।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८३ भदौ १६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus