न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित रहेको एक अवैद्य मदरसाबाट ३ बालिका बेपत्ता भएको खवर बाहिरिएको छ ।
जलेश्वर नगरपालिका वडा नं. २ स्थित गैरकानुनी अवैद्य रुपमा सँचालनमा रहेको मदरसा सैईदा फातिमा मिल्वेनातमा पढदै आएकी तीन बालिका गत भदौ २५ गतेदेखि नै बेपत्ता भएको आरोप उनका परिवारजनले लगाएका हुन् ।
मरदसामै होस्टल बस्दै आएकी तीनै बालिकालाई मौलवी गुलाम मुस्तफा अन्सारीले कुटपिट गर्दा भागेको मौलवीलाई उदृत गर्दै एक बालिकाकी हजुरबुवा मोतिम अन्सारीले बताए । बार्षिक रुपमा पैसा दिँदै आएको मदरसामा अन्दाजी १५ बर्षिय बालिका ६ दिनदेखि बेपत्ता भएको बताएका छन् ।
एउटै मरदसाबाट एकै दिन तीन बालिका बेपत्ता भएपनि मदरसाका मौलवी अन्सारीले भने बेपत्ताको ३ दिनपछि मात्र जानकारी गराएको आरोप बालिकाकी हजुरवुवा मोतिम अन्सारीको आरोप छ ।
उनले मौलवी गुलाम मुस्तफा अन्सारीको नागरिकता समेत नभएको आरोप लगाउँदै उनले नै केही गरेको हुनुपर्ने शंका जाहेर गरे । उनले मदरसा तत्काल बन्द हुनुपर्ने माग राख्दै नातिनी खोजिदिन आग्रह गरे् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा खोजतलासको लागि समेत निवेदन दर्ता गराएका पीडित परिवारले मदरसा बन्द गरी मौलवीलाई कारवाहीको माग गरे । उनले पढाईको बेला कुटपिट गरेकै कारण भाग्न नसक्ने बताउँदै खोजप्रताड गर्न प्रशासनसँग आग्रह गरेको हो ।
यस्तै, अर्का १६ बर्षिय बालिकाका बुवा नाजिम साफीले समेत मौलवीप्रति शंका जाहेर गरे । छोरी मदरसाबाट भागेपछि अभिभावकलाई तुरुन्त जानकारी गराउनुपर्नेमा कुनै जानकारी नदिएको बताए । दुई जना बालिका पिपरा गाउँपालिकाकी, अर्की एक जना सम्सीको रहेको जनाईएको छ ।
२५ गतेदेखि नै लापत्ता भएकी तीनै बालिका अझै सम्पर्कमा आउन सकेकी छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने खोजबिन तीव्र पारेको जनाएको छ ।
केही महिना अगाडी जलेश्वर नगरपालिकाले गरेको अनुगमनको क्रममा सो मदरसा कानुन विपरित, अवैद्य रुपमा सँचालन भएको पाईएको थियो । कानुन सम्मत सँचालन गर्न निर्देशन दिएपनि कानुनलाई ओभरटेक गरी लुकीचोरी मदरसा सँचालन गर्दै आएको बुझिएको छ ।
विद्यालयको गेटमा ९ वर्षीया बालिकालाई फकाउँदै थिए पूर्वशिक्षक, CCTV ले पछ्याउँदै पुर्यायो महोत्तरीसम्म
- २०८३ भदौ ३० मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा ९ वर्षीया बालिकालाई ललाईफकाई गरी आफूसँग लैजान खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–१ पर्सा निवासी ३६ वर्षीय मनिष ठाकुर रहेका
पूरा पढ्नुहोस्




