बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक साह १ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ

२०८३ भदौ ३० मंगलबार
रति ८:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको बर्दीबासस्थित नापी कार्यालयका एक नापी सर्भेक्षक सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नापी सर्भेक्षक शिवकुमार साह रहेका छन् । उनलाई मंगलबार अपराह्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दीबासको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

जग्गा ट्रायलका लागि निवेदन दिएका एक सेवाग्राहीसँग काम गरिदिने भन्दै लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ भइरहेको सूचना पाएपछि अख्तियारको टोलीले साहमाथि निगरानी बढाएको थियो ।

सोही क्रममा मंगलबार करिब ४ बजे नापी कार्यालय अगाडिको एक खाजा घरमा सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दीबासका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार साहलाई नियन्त्रणमा लिएर स्थलगत मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

घुस रकमसहित रंगेहात पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८३ भदौ ३० मंगलबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus