न्यूज ब्यूरो, वीरगन्ज । वीरगन्जस्थित आशाराम अस्पताल प्रा।लि।मा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेबापतको तलब महिनौँदेखि नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा निवेदन दिएका छन् ।
कर्मचारीहरूले अस्पतालले २०८३ साल साउन १ गतेदेखि असोज ५ गतेसम्मको तलब भुक्तानी नगरेको दाबी गरेका छन् । तलब भुक्तानीबारे अस्पताल प्रशासनसँग जानकारी माग्दा सञ्चालक निभा दासले गालीगलौज तथा धम्की दिएको आरोपसमेत निवेदनमा लगाइएको छ ।
कर्मचारीहरूले श्रम गरेबापत पारिश्रमिक पाउने आफ्नो कानुनी अधिकार रहेको उल्लेख गर्दै बाँकी तलब तत्काल भुक्तानी गराउन प्रशासनसमक्ष माग गरेका छन् ।
निवेदनमा नेपालको संविधानको धारा ३४ तथा श्रम ऐन, २०७४ का प्रावधानअनुसार श्रमिकले पारिश्रमिक पाउने अधिकार रहेको उल्लेख गर्दै सो अधिकार सुनिश्चित गर्न माग गरिएको छ ।
नितेश रवि, रोहान महतो, गुलशन तिवारी, राहुल राज साह, समिर अधिकारी, ममता चौधरी, जनक कुमारी, अम्रलाल साह सोनार र कृष्णा साह कानुलगायत कर्मचारीहरूले निवेदनमा हस्ताक्षर गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा उक्त निवेदन २०८३ असोज १५ गते दर्ता भएको छ । निवेदन दर्ता नम्बर ६३९ रहेको जनाइएको छ ।
निवेदनमाथि प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट अस्पताल सञ्चालकलाई छलफलका लागि बोलाउने तोक आदेशसमेत भएको कर्मचारीहरूले बताएका छन् ।
यता, अस्पताल प्रशासनको आधिकारिक धारणा भने यस विषयमा सार्वजनिक भएको छैन । कर्मचारीहरूले लगाएको तलब नदिएको तथा गालीगलौज र धम्की दिएको आरोपबारे अस्पताल सञ्चालकको प्रतिक्रिया प्राप्त भएको छैन् ।
WorldLink को महेन्द्रनगर ईस्ट ब्रान्चद्वारा वीरेन्द्रबजार फुटबल टिमलाई जर्सी वितरण, टीम बिजयी
- २०८३ असोज १५ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । महेन्द्रनगर ईस्ट ब्रान्चले वीरेन्द्रबजारका फुटबल खेलाडीहरूलाई टिम जर्सी वितरण गरेको छ । स्थानीय स्तरमा रहेका खेलाडीहरूको प्रतिभा र उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्यले महेन्द्रनगर ईस्ट ब्रान्चले फुटबल टिमका
पूरा पढ्नुहोस्


