भारतमाथि नेपालको शानदार जीत, राशिद र बसिरको विकेटले भारतीय टीममाथि भारी 

२०८२ कार्तिक २३ शनिबार
दिउसो ३:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो ।  हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । शनिबार भएको बाउल लिगअन्तर्गतको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो ।

नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनायो । नेपालका लागि राशिद खानले ३ विकेट लिए भने बसिर अहमदले पनि ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ ‌ओभरमा कुनैपनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । राशिद खानले १७ बलमा ५५ रन बनाएर रिटायर भएका थिए । सन्दीप जोराले अविजित ४७ तथा लोकेश बमले अविजित ३१ रन बनाए ।

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग तथा दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएर समूह चरण पार गर्न नसक्दा बाउल लिगमा आएको थियो ।

बाउल लिगको पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो । नेपालले अब यूएईसँग भोलि खेल्नेछ । बाउल लिगबाट शीर्ष २ हुने टोलीले बाउल फाइनल खेल्ने छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरमा किशोर सञ्जालको १० बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

  • २०८२ कार्तिक २३ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम। राष्ट्रिय किशोर सञ्जाल नेपालले बालबालिका र किशोर–किशोरीसम्बन्धी १० बुँदे ध्यानाकर्षण पत्र शहिदनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ। केन्द्रीय समिति सदस्य राजन दासले नगरपालिकाकी उप–प्रमुख सुनिता सिंहलाई ध्यानाकर्षण पत्र

पूरा पढ्नुहोस्

Bureau Menus