धनुषाधामको हरिपुर क्रिकेट टुर्नामेन्टको उपाधीमाथि विदेहको कब्जा 

२०८२ कार्तिक २४ आइतबार
बिहान १०:२६ बजे
धमेन्द्र कु. साह

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ६ हरिपुरमा सम्पन्न भएको नगरस्तरीय क्रिकेट टुर्नामेन्टको उपाधी विदेह नगरपालिकाले जितेको छ । 

शनिबार सम्पन्न जनकपुर र विदेह नगरपालिकाबीचको खेलमा विदेह नगरपालिका ३ विकेटले जीत हासिल गरेका हुन् । 

गत कार्तिक १० गतेदेखि सुरु भएको क्रिकेट टुर्नामेन्ट कार्तिक १९ गतेसम्म चलेको थियो । बीचमा खेल रोकिएर फाईनल खेल शनिबार गराएको आयोजकले जनाएको छ । 

जित हासिल गरेका विदेह नगरपालिकाका टिमलाई आयोजकले ४० हजार नगद र ट्रफीसहित सम्मान गरेको हो । रनरअपमा रहेका जनकपुरधाम उपमहानगरपालिकाको टिमलाई २१ हजार रुपैयाँ र दोस्रो ट्रफी प्रदान गरिएको आयोजक समितिका मोख्तार हुसैनले जानकारी दिए । 

धनुषाधाम ६ हरिपुर युवा क्रिकेट टिमका सँयोजक धर्मनाथ महतोको अध्यक्षता तथा नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा उदघाटन गरिएको थियो । 

वडा नं. ६ का वडाध्यक्षसहित विभिन्न वडाका जनप्रतिनीधिहरुको उपस्थितिमा म्याच सम्पन्न भएको थियो । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सबैला नगरपालिकाले किने किसानको लागि तिनवटा आधुनिक मेसिन

  • २०८२ कार्तिक २४ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  सबैला नगरपालिकाले प्रविधिमैत्री कृषि प्रवर्धन गर्दै तीनवटा आधुनिक कृषि यन्त्र खरिद, किसानलाई छिटै सुलभ दरमा उपलब्ध गराइने धनुषाको सबैला नगरपालिकाले कृषिमा प्रविधिको प्रयोग बढाउँदै तीनवटा अत्याधुनिक कृषि

पूरा पढ्नुहोस्

Bureau Menus