आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाई पक्राउ, उनका पार्टी आजै सडकमा 

२०८२ मङ्सिर ३ मंगलबार
बिहान ०९:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु राष्ट्रका अभियन्ता एवम् मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईँलाई पक्राउ गरिएको छ । उनलाई उनकै निवासबाट मध्यराती पक्राउ गरिएको हो । 

आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई प्रहरीले गएराति भक्तपुरको उनकै घरबाट पक्राउ गरेको हो ।

प्रसाईंमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको हो । प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्तिहरू दिँदै आएका थिए । प्रसाईं यसअघि पनि पटकपटक पक्राउ परेका थिए ।

प्रसाईंलाई प्रहरीले मध्यराति भक्तपुरस्थित घरबाट पक्राउ गरेपछि नागरिक बचाउ दलले तय गरिएको मंसिर ७ को कार्यक्रमअघि नै आजै देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। 

महामन्त्री प्रेमकुमार थाम्सुहाङले सरकारले ‘अपहरण शैली’मा गिरफ्तारी गरेर शान्ति भंग गरेको आरोप लगाउँदै आजै सीडीओ कार्यालयमा ध्यानाकर्षणपत्र बुझाइने जानकारी दिए।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो 

  • २०८२ मङ्सिर ३ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ ।  जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र

पूरा पढ्नुहोस्

Bureau Menus