न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका बरिष्ठ राष्ट्रिय उपाध्यक्ष ई. बसन्त कुशवाहाले आउँदो फागुन २१ मा हुने प्रतिनीधिसभा निर्वाचनको लागि दल दर्ता गराएका छन् ।
शुक्रबार निर्वाचन आयोगको केन्द्रीय कार्यालय काठमान्डौँ पुगेर फागुन २१ मा हुने निर्वाचनको लागि दल दर्ता गराएका हुन् । बरिष्ठ उपाध्यक्ष ई. कुशवाहा र केन्द्रीय उपाध्यक्ष नरेन्द्र चौधरीले सँयुक्त रुपमा दल दर्ता गराएका हुन् ।
फागुन २१ मा निर्वाचन हुनेमा विश्वास व्यक्त गर्दै कुशवाहाले जनमत पार्टीको विस्तारीकरण, उम्मेदवार चयन, प्रशिक्षणको कार्यक्रमहरु सँचालनमा जोड दिइने बताए । उनले जनमत पार्टीले विभिन्न जिल्लामा कार्यकर्ता, नेताहरुलाई प्रशिक्षण दिएर चुनावको तयारीमा लाग्ने बताए ।
उनले विभिन्न क्षेत्रहरुमा उम्मेदवार चयनको लागि कसरत सुरु गरिने जनाए ।
सप्तरीका गायक सन्नु कुमार खँगमाथि एक अभिनेत्रीसँग धोकाधडीको आरोप
- २०८२ मङ्सिर ६ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । देशमा प्रतिबन्धित लागुऔषध गाँजाको गीत मार्फत प्रोत्साहन गरेका गायक सन्नु कुमार खँगमाथि धोकाधडीको आरोप लगाइएको छ । आईतबार श्रम शोषणको आरोप लगाएकी जनकपुरकी एक अभिनेत्रीले उनीमाथि पुनः
पूरा पढ्नुहोस्



