धनुषाधाम र क्षिरेश्वरका १८० महिलाहरु सिलाइ कटाई तालीमको लाभ उठाउदै

२०८२ मङ्सिर ८ आइतबार
रति ८:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ९ ईच्छापुरस्थित रहेको साना किसान कृषि सहकारी सँस्थाद्धारा १२० महिलाहरुलाई सिलाई कटाई तालिम दिने भएको छ । 

आईतबार क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवको प्रमुख आतिथ्यमा आयोजन भएको उदघाटन कार्यक्रममा १८० महिलाहरुलाई सहभागी गराइने जनाइएको छ । 

साना किसानका अध्यक्ष लक्ष्मी यादवको अध्यक्षतामा भएको उदघाटनमा महिलाहरुलाई स्वरोजगार बनाउनको लागि इछापुर ,दिगम्बरपुर, औरहा ,पर्वता , नौसय र हरिपुरका १८० महिलाहरुलाई सहभागी गराइएको हो । 

क्षिरेश्वरनाथ ८,९ र धनुषाधाम वडा न ५,६ का १८० महिलाहरुलाई तालीम सुरु गरिएको हो ।

धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्या देवी भूजेलको विशिष्ट आतिथ्यमा सम्पन्न उदघाटनको क्रममा महिलाहरुलाई २ महिनासम्म तालिम दिइने साना किसानका प्रमुख चन्द्रकिशोर सिँहले जानकारी दिए । 

यसअघिदेखि नै साना किसान दिगम्बरपुरले विभिन्न समयमा महिलाहरुलाई स्वरोजगार बनाउन यस्ता तालिमको व्यवस्था गर्दै आएको छ । महिलाहरुको तालिम मँसिर ११ गतेदेखि सुरु हुने भएको छ । तालिम भने पर्वतास्थित मनिगिरी पवर्तस्थित सँचालन हुने भएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०८२ मङ्सिर ८ आइतबार

Bureau Menus